धनकुटा : नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा धनकुटाको प्रशिक्षण कार्यक्रममा धनकुटाका कांग्रेसजनलाई प्रशिक्षण दिन भाद्र २ गते शनिवार आउने हुनु भएको छ ।
जिल्ला निति अनुसन्धान तथा प्रशिक्षण शाखा धनकुटाको आयोजनमा धनकुटाका कांग्रेसजनहरुलाई प्रक्षिण दिनुका लागी महामन्त्री शर्मा धनकुटा भाद्र २ गते आउने हुने कार्यक्रम रहेको जिल्ला सचिव तथा निति अनुसन्धान तथा प्रशिक्षण शाखा धनकुटाका सदस्य सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समितिका सवै जना नेपाली कांग्रेसबाट निर्वाचित पालिका प्रमुखहरु, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, दुई वटै प्रदेश सभा क्षेत्रिय कार्य समितिका सवै पदाधिकारीहरु, पालिका कार्य समितिका पदाधिकारी, सवै वडाका वडा सभापतीहरु र भातृ तथा शुभेच्छुक संस्थाका जिल्ला अध्यक्षहरु गरी २ सय जना उक्त प्रशिक्षण कार्यक्रममा सहभागीता रहने प्रशिक्षण शाखाका प्रमुख तथा जिल्ला उपसभापती सुनिल कुमार डंगोलले वताउनु भयो ।
प्रशिक्षण कार्यक्रममा स्थानीय सरकार संचालन ऐन सम्वन्धि निर्वाचित जनप्रतिनिधिहरु र पार्टी विचको सम्वन्धमा दल सम्वन्धि ऐन नेतृत्व विकास सम्वन्धि विषयमा सहभागीहरुलाई प्रशिक्षण दिईने नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईले वताउनु भयो ।
प्रशिक्षण कार्यक्रम धनकुटाको चिप एण्ड वेस्ट होटलमा भाद्र २ गते शनिवार विहान ८ बजे देखी हुने र त्यसको सम्पूर्ण तयारी पुरा भएको निति अनुसन्धान तथा प्रशिक्षण शाखा धनकुटाका प्रमुख तथा उपसभापती सुनिल कुमार डंगोलले वताउनु भयो ।