धनकुटा : धनकुटा जिल्ला अस्तालमा अशोल १ गते देखी अशोज १२ गते सम्म वृहत निशुल्क स्वास्थ्य शिविर संचालन हुने आज आयोजित सर्व पक्षिय भेलामा जनाएको छ । उक्त शिविर संचालन गर्न रोशेष श्रेष्ठको संयोजकत्वमा १९ सदस्यीय मुल आयोजक समिति गठन गरी जिम्मेवारी समेत दिएको छ ।
उक्त समितिको सदस्यहरुमा अञ्जन न्यौपाने, राजेन्द्र वहादुर प्रधान, पुरेन्द्रलाल श्रेष्ठ, विजय सन्तोषी राई, सुनिल कुमार डंगोल, दोर्ण गुरागाई, दिनेश अमात्य, विश्वराज पोखरेल, विष्णुमाया कन्दङ्वा, छत्र श्रेष्ठ,देवेन्द्र श्रेष्ठ, नगेन्द्र राई, डा. अमिताप ठाकुर, राजन पौडेल, विश्वराज पोखरेल लगायत ११ सदस्यीय रहनु भएको छ । यसैगरी धनकुटाका संघिय माननीय राजेन्द्र कुमार राईको संयोजकत्वमा सल्लाहकार समिति र जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङको संयोजकत्वमा अनुगमन समिति सेमत गठन गरिएको छ ।
धनकुटा अस्पतालमा हुने उक्त वृहत नि:शुल्क शल्यकिक्रया स्वास्थ्य शिविरमा अमेरिकन लगायत विभिन्न देशहरुबाट विशेषज्ञ डाक्टहरुबाट पितको पत्थरी, पाठेघर, हर्निया, हाइडोशिल, पायन्स, थाईराड, गाठा गुठीको शल्यक्रिया र दाँतको उपचार गरिने मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले बताउनु भयो ।
शिविरमा अमेरिकन लगायत विभिन्न देशहरुका गरी ४५ जना भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मी उपचारका लागी धनकुटा आउने र उक्त शिविरमा पाच सय भन्दा बढी विरामीहरुको शल्यक्रिया गरिने पनि संयोजक श्रेष्ठले बताउनु भयो ।
अलोहा मेडिकल मिसन अमेरिका, धनकुटा अस्पताल र सल्भ नेपालको संयुक्त आयोजनामा धनकुटा अस्पतालमा गरिव तथा पहुच विहिनहरुका लागी अशोज १ देखी अशोज १२ गते सम्म वहृत निशुल्क स्वाथ्य शिविर गरिएको र यसको व्यापक तयारी समेत भैरहेको सदस्य विजय सन्तोषी राईले बताउनु भयो ।