– नरेन्द्र कश्चित
धनकुटा : किरात राई खेलकुद संघ धनकुटाको प्रथम भेलाले आकाश राईको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन कार्य आज सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईको प्रमुख आतिथ्य तथा किरात राई खेलकुद संघका केन्द्रीय अध्यक्ष सञ्जय कुमार राईको विशष आतिथ्यमा किरात राई खेलकुद संघ धनकुटा गठन सम्पन्न भएको हो ।
किरात राई खेलकुद संघ धनकुटाका उपाध्यक्षमा क्रमश: जुनु राई, अनिता राई, सबिन राई, सचिवमा आदित्य राई, सहसचिवमा मुस्कान राई, कोषाध्यक्षमा सीता राई सर्वसम्मत चयन हुनु भएको छ । सदस्यहरुमा जोगेन्द्र राई, शुसिला राई, मौसम तुप्रिहाङ राई, सुवास राई, सन्जय राई, दिपेश राई, डाँफे राई, विजय राई, धन बहादुर राई, जय कुमार राई, सन्तोष राई, लोकेन्द्र राई, सवाल राई रहनु भएको छ ।
प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राई, विशेष अतिथि किरात राई खेलकुद संघका केन्द्रीय अध्यक्ष सञ्जय कुमार राई, किरात राई पत्रकार संघका केन्द्रीय सदस्य नरेन्द्र कश्चित, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राई, भलिबलका राष्ट्रिय प्रशिक्षक विनय राई, नेपाल कराते महासंघ धनकुटाका अध्यक्ष लोकेन्द्र राई लगायतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
भेला किरात राई यायोक्खा धनकुटाका अध्यक्ष उद्दवमणि राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।