धनकुटा : नेपाली कांग्रेस धनकुटाले समाजसेवी तथा धनकुटा कांग्रेसका अभिभावक स्वर्गीय कृष्ण गोपाल श्रेष्ठको १० औं पुण्य दिनको अवसरमा आज धनकुटामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी परिवारजनमा समवेदना पत्र बुझाएको छ ।

धनकुटा नगरपालिका वडा नं. ६ का पूर्व वडा सदस्य तथा नेपाली कांग्रेसका महिला नेता गिता श्रेष्ठकी श्रीमान, नेपाली कांग्रेस धनकुटाका सदस्यहरु सुरज श्रेष्ठ र सरोज श्रेष्ठका बुबा नेपाली कांग्रेस धनकुटाका अभिभावक तथा धनकुटाका समाजसेवी स्वर्गीय कृष्ण गोपाल श्रेष्ठको सम्मानमा नेपाली कांग्रेस धनकुटाले १० औं पुण्य दिनमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी परिवारजनमा समवेदना पत्र बुझाएको हो ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, उपसभापति सुनिल कुमार डंगोल, जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्य सुमना तिम्सिना, सहसचिव श्रीराम रायमाझी, नेपाल तरुण दलका केन्द्रिय सदस्य यूवराज पुराजुली, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य मिन वहादुर कार्की, क्षेत्रिय उपसभापति मिलन खड्गी, धनकुटा नगर कार्य समिति सभापति नरेश श्रेष्ठ, वडा सभापति रुपेश श्रेष्ठ, नेपाल शिक्षक संघ धनकुटका सदस्य तुलसी पुरी, धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य भोगेन्द्र राई लगायले स्वर्गीय कृष्ण गोपाल श्रेष्ठको योगदानको चर्चा गर्दै स्वर्गीय श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गरी परिवारजनमा समवेदना पत्र बुझाउनु भएको थियो ।

नेपाली कांग्रेस धनकुटाले समाजसेवी तथा धनकुटा कांग्रेसका अभिभावक स्वर्गीय कृष्ण गोपाल श्रेष्ठ पार्टी प्रति निष्ठावान र सहयोगी हुनुहुन्थ्यो भन्दै उहाँको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाले समाजसेवी तथा धनकुटा कांग्रेसका अभिभावक कृष्ण गोपाल श्रेष्ठको ७४ बर्षको उमेरमा गत बैशाख १२ गते असमायिक निधन भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय