धनकुटा : नेपाल कांग्रेसको आन्तरीक विशेष अभियान अन्तर्गत नेपाल तरुण दल धनकुटाको भेलाले नेपाल तरुण दल धनकुटा जिल्लाको उपाध्यक्ष अमित लो तामाङलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको छ । धनकुटा तरुण दलको अध्यक्षमा अमितको आगमन संगै धनकुटाका यूवाहरुमा नयाँ उत्साह र उर्जा थपिएको तरुण भेलाका यूवाहरुले वताएका छन् ।

नेपाल तरुण दल धनकुटाका अध्यक्ष युवराज पराजुली नेपाल तरुण दलको केन्द्रिय सदस्यमा मनोनित हुनु भएकोले अध्यक्ष पद रिक्त रहेकोले जिल्ला उपाध्यक्ष तामाङलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी धनकुटाको तरुण दलको भेलाले दिने निर्णय अनुसार अध्यक्ष पराजुलीले कार्यवहाक अध्यक्षको जिम्मेवारी दिनु भएको हो ।

नेपाल तरुण दल धनकुटाको भेलामा कार्यवहाक अध्यक्ष अमित तामाङलाई माला खादा तथा अविर लगाई दिई बधाई दिदै नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, क्षेत्र नं. १ का सभापती जितेन्द्र राई, उपसभापती मिलन खड्गी, नगर सभापती नरेश श्रेष्ठ, नेपाल तरुण दलका केन्द्रिय सदस्य युवराज पराजुलीले अब धनकुटामा तरुण दल अझ सक्रिय भई नयाँ ढंगबाट संगठन निर्माणका साथ धनकुटाको विकास र समृद्धीका लागी क्रियाशिल हुनु पर्नेमा जोड दिनु भयो ।

नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य बुद्धीकानत घिमिरे, धनकुटा नगर पालिकाका कार्यपालिका सदस्य दिल कुमार राई, भोगेनद्र राई, नेपाल तरुण दल धनकुटाका उपाध्यक्ष चिरञ्जिवी थापा, सचिव नरेन्द्र कस्चित, सदस्य भरत श्रेष्ठ, धनकुटा नगर तरुण दलका अध्यक्ष महेन्द्र राई, तरुण डिफेन्स फोर्स सागुरीगढीका अध्यक्ष दिपिन लिम्बु, तरुण नेताहरु सन्तोष तितुङ, सुरज खड्का, सन्तोष घिसिङ्ग लगायतले कार्यवहाक अध्यक्षको जिम्मेवारी पाउनु भएको अमित लो तामाङलाई खादा माला तथा अविर लगाई दिई बधाई दिदै सफल कार्यकालको लागी शुभ कामना दिनु भएको थियो ।

नेपाल तरुण दलमा धनकुटा जिल्लाबाट युवराज पराजुली, तिलक महत र मदन घिमिरे गरी तिन जना मोनोनित हुनु भएको छ । नेपाल तरुण दल धनकुटा जिल्लाको अध्यक्षमा अमित लो तामाङ, उपाध्यक्षमा चिरञ्जिवी थापा, सचिव नरेन्द्र कस्चित र सदस्यहरुमा भरत श्रेष्ठ २१ सदस्यीय जिल्ला कार्य समिति रहेको छ ।

धनकुटामा अव तरुण दलमा सबै यूवाहरुलाई संगठित गर्दै जिल्लामा दरुण दल सर्वाधिक शक्तिशाली संगठनरुपमा स्थापीत गरी सबैको आशा र भरोसाको संगन बनाउने उद्घोष कार्यवहाक अध्यक्ष अमित लो तामाङले गर्नु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय