धनकुटा : नेपाली कांग्रेस धनकुटा नगर समितिले वडाहरुमा आन्तरिक विशेष अभियानमा खटिएका वडा संयोजकहरुलाई प्रशिक्षण दिन आयोजना गरेको कार्यक्रमलाई आज सम्वोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य केन्द्रिय प्रतिनिधि राजिव कोईरालाले नेपाली कांग्रेस यस अभियानबाट रुपान्तरण भई सवैभन्दा ठूलो र शक्तिशाली पार्टी हुने वताउनु भयो ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईले नेपाली कांग्रेस वास्तविक जनताको पार्टी भएकोले जनताकै घर दैलोमा गैरहेको वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटा नगरका सभापती नरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव तथा नगर संयोजक विजय सन्तोषी राई, सहसचिव राम वहादुर रायमाझी, क्षेत्रिय सभापती क्षेत्र नं. १ जितेन्द्र राई, नगर उपसभापती अमित लो तामाङले धनकुटा नगरमा खटिनु भएको वडा संयोजकहरुलाई आन्तरीक अभियानको वारेमा जानकारी दिदै वडामा गएर गर्नु पर्ने कामको सम्वन्धमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा वडा वडामा खटिनु भएको वडा संयोजकहरु, विभिन्न वडाका वडा सभापतीहरु, निर्वाचित जनप्रतिनिधिहरु, नगर कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले अव कांग्रेसलाइ २०८४ मा हुने सबै तहको निर्वाचनमा वहुमत ल्याउनका लागी मिसन २०८४ वनाउनु पर्नेमा जोड दिनु भयो ।
नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिले २०८० साउन २७ गते शनिवार वृहत कार्यक्रम गरी धनकुटा नगरमा पहिलो चरणको विशेष अन्तरीक अभियानको समापन गर्ने नेपाली कांग्रेस धनकुटा नगर सभापती नरेश श्रेष्ठले वताउनु भयो ।