धनकुटा : धनकुटा महोत्सव संचालनको क्रममा भएको दु:खत घट्नामा घाईते हुनु भएकाहरुको उपचारमा खर्च भएका कारण धनकुटा महोत्सवमा कम नाफा भएको पत्रकार सम्मेलनमा धनकुटा उद्योग बाणिज्य संघले सार्वजानिक गरेको महोत्सवको खर्च आय व्याव प्रस्तुत गर्दै संघले जनाएको छ ।

महोत्सव संचालनको लागी प्रस्ताव गरिएको स्थानीय सरकार, विभिन्न सरोकारवाला निकार्यहरु व्यापारिक प्रतिष्ठान, सरकारी कार्यलयहरुबाट सम्झौता भएको सहयोग रकमहरु बजेट कटौती भएको र आर्थिक मन्दी भएकोले असार मसान्त मा मात्र सहयोग रकम आएको र केही स्थानीय सरकार तथा सरोकारवाला निकायहरुबाट सम्झौता भएको रकम अझै सम्म आउन बाँकी रहेकोले आय व्याय प्रस्तुत गर्न ढिलाई भएको कार्यक्रम संयोजक तथा धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङले पत्रकार सम्मेलनमा वताउनु भयो ।

धनकुटा उद्योग बाणिज्य संघको अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा भएको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषी प्रर्दशनी, एभाकाडो एवै पाचौ धनकुटा महोत्सवको आय व्याय सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङले महोत्सवको क्रममा भएको दु:खत घट्नामा परी घाईतेहरुको उपचार महोत्सवको संचालनको क्रममा नाफा भएको रकम मध्यबाट ५ लाख २५ हजार २९६ रुपैया खर्च भएकोले २४ हजार २ सय ५ रुपैया मात्र बाँकी रहन गएको वताउनु भयो । उहाले भन्नु भयो उक्त दु:खत घट्ना नभएको भए महोत्सवबाट पाँच लाख भन्दा बढी नाफा हुन्थ्यो ।

सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले महोत्सव संचालनको क्रमममा धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका लगायत विभिन्न निकाय तथा वितिय संस्थाहरुबाट गरी ४ लाख प्राप्त हुन बाकी गरी सहित जम्मा ५६ लाख २८ हजार ४ सय रुपैया आम्दानी भएको र घाईतेहरुको औषधी उपचार सहित महोत्सव संचालनको क्रममा जम्मा खर्च ५६ लाख ४ हजार २५ रुपैयाँ भएको वताउनु भयो ।

धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य रेवती प्रसाद अधिकारीले महोत्सवले धनकुटको विकास र समृद्धीको लागी महात्वपूर्ण भूमीका निर्वाह गरेको वताउदै स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । भने कार्यक्रमको संचालन सचिव राम वहादुर रायमाझीले गर्दै महोत्सवमा भएको प्रगती जानकारी गराउनु भएको थियो ।

सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष निर्मला राई, कार्यकारी सदस्यहरु रिदम श्रेष्ठ, उज्वल कर्माचार्य, शोभा श्रेष्ठ, अम्विका धमला, रेजिना पलिखे लगायतका कार्यकारी सदस्यहरुले महोत्सव ज्यादै प्रभावकारी भएको वताउनु भयो ।

औद्योगिक व्यापार भेला तथा कृषी प्रर्दशनी, एभाकाडो एवं पाँचौ धनकुटा महोत्सव गत माघ ६ गते देखी १६ गते सम्म धनकुटा टुडिखेलमा संचालन भएकोमा माघ १४ गते साँझ महोत्सव परिषरमा दर्शकहरुको अत्यधिक भिडका कारण भएको दुखत घट्नामा ३१ जना घाईते हुनु भएकोमा सम्पूर्ण उपचार खर्च धनकुटा उद्योग बाणिज्य संघले व्यवस्था गरेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय