धनकुटा : ४१ औं वि पी स्मृती दिवसको अवसरमा धनकुटामा नेपाली कांग्रेस धनकुटाले पुष्प तथा बृक्षारोपण, नेपाल तरुण दलले विद्यार्थीहरुलाई खाद्यान्न तथा शैक्षिक सामग्री र नेपाल विद्यार्थी संघले धनकुटा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
नेपाली कांग्रेस धनकुटाले ओयाजना गरेको पुष्प तथा बृक्षारोपण कार्यक्रमममा नेपाली कांग्रेस धनकुटाका पार्टी कार्यालय सहिद भीम नारायण स्मृती भवन परिषरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई, जिल्ला सचिवहरु विजय सन्तोषी राई, विकास घिमिरे, नेपाल त रुण दलका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य युवराज पराजुली, उपाध्यक्ष चिरिञ्जीवी थापा, सदस्य भरत श्रेष्ठ, नेपाल शिक्षक संघ धनकुटका सचिव रोहीणी पाण्डे, कार्यपालिका सदस्यहरु दिल कुममार राई, भोगेन्द्र राई लगायतले विभिन्न जातका फुल तथा विरुवाहरु रोप्नु भएको थियो ।
यसैगरी वि पी जियन्तीकै अवसरमा नेपाल तरुण दल धनकुटाले बाल पुर्नस्थापना केन्द्र श्रीपंचमी पार्क धनकुटाका बाल बालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।
नेपाली काग्रेस धनकुटका जिल्ला सभापती दिनेश राई, जिल्ला सचिव तथा तरुण विभाग प्रमुख विजय सन्तोषी राई, जिल्ला सचिव विकास घिमिरे, नेपाल तरुण दलका केन्द्रिय सदस्यहरु तिलक महत, युवराज पराजुली, नेपाली कांग्रेस धनकुटाका जिल्ला सहसचिवहरु रोशन श्रेष्ठ, राम वहादुर रायमाझी, महासमिति सदस्यहरु आनन्द सन्तोषी राई, सुमना तिम्सिना, नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिकादेवी भण्डारी, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु अम्विका धमला, रमेश वस्नेत, मनोज राई, अम्विका परियार, क्षेत्रिय उपसभापती क्षेत्र नं. १ मिलन कुमार खड्गी, नगर सभापती नरेश श्रेष्ठ, उपसभापती अमित लो तामाङ, नगर सदस्य मञ्जु आचार्य, वडा उपसभापती गोविन्द्र राई, कार्यपालिका सदस्यहरु दिल कुमार राई, भोगेन्द्र राई, नेपाल तरुण दलकाधनकुटाका उपाध्यक्ष चिरञ्जिवी थापा, सदस्य भरत श्रेष्ठ, नेविसंघका नेताहरु सुवास भण्डारी, सुवास खनाल, क्याम्पसका कार्यवहाक अध्यक्ष रञ्जन काकी, सचिव युवारज कार्की, नेपाल तरुण दल वडा नं.१ का अध्यक्ष अर्जुन घले, सदस्य किरण तामाङ, बाल पर्नस्थापना केन्द्रका कमल कुमार लामीछाने लगायतले विपीको योगदानको वारेमा चर्चा गर्दै बाल पुर्नस्थापना केन्द्रका बाल बालिकाहरुलाई खाद्यान्न तथा शैक्षिक सामग्रीहरु वितरण गर्नु भएको थियो ।
यसैगरी नेपाल तरुण दल धनकुटाले सोही अवसरमा महिला पुर्नस्थापना केन्द्र धनकुटामा रहेका विद्यार्थीहरुलाई पनि शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।
वि पी स्मृती दिवसकै अवसरमा नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसले धनकुटा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, सहसचिव रोशन श्रेष्ठ, महासमिति सदस्य सुमना तिम्सिना, महाधिवेशन प्रतिनिधि खेमराज पौडेल, नेपाल तरुण दलका केन्द्रिय सदस्य युवराज पराजुली, जिल्ला सदस्य भरत श्रेष्ठ, धनकुटा नगरपालिका कार्यपालिका सदस्य भोगेन्द्र राई, नगर सदस्य मञ्जु आचार्य, स्वतन्त विद्यार्थी युनियन धनकुटा वहुमुखी क्याम्पसका उपसभापती सुवास भण्डारी, सविच सुवास खनाल, नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसका कार्यवहाक अध्यक्ष रञ्जन कार्की, सचिव युवराज कार्की लगायतकका विद्यार्थी नेताहरुले नेविसंघ धनकुटा वहुमुखी क्याम्पसका तर्फबाट धनकुटा अस्पतालका विरामीहरुलाई फलफूल वितरण गर्नु भएको थियो ।
तिनवटै कार्यक्रमहरुलाई सम्वोधन गर्दै नेपाली कांग्रेस धनकुटका सभापती दिनेश राईले वि पिको विचार अहिले पनि उत्तिकै सान्दर्भिक भएकोले वि पिको विचारबाट अगाडी बढे मुलुकको अहिलेको सबै समस्या समाधान हुने वताउनु भयो ।