काठमाडौं : काठमाडौं महानगरपालिका मेयर बालेन शाहले हिन्दी चलचित्र ‘आदिपुरुष’मा रहेको विषयलाई लिएर नसच्याए हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका हुन् ।

उनले बिहीबार फेसकुबमा स्टाट्स राख्दै चलचित्र आदिपुरुषमा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने विषयलाई नसच्याए काठमाडौं महानगरभित्र कुनैपनि हिन्दी चलचित्र चल्न नदिने घोषणा गरेका हुन् । चलचित्र बोर्डले पनि उक्त विषयलाई लिएर नेपालमा सेन्सर रोकेको छ ।

मेयर बालेन शाहको स्टाट्स :
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौं महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय