धनकटा : धनकुटाको पर्यटन प्रबर्द्धन गर्न धनकुटाको हिलेमा तेस्रो खाना महोत्सव आज देखी शुरु भएको छ । हिले पर्यटन प्रवद्धन तथा पूर्वाधार विकास समिति को आयोजनमा संचालन गरिएको पाँच दिने हिले तेस्रो खाना महोत्सवको कोशी प्रदेशका पूर्व राज्य मन्त्री तथा प्रदेश सांसद निरन राईले उद्घाटन गर्दै मुलुको आर्थिक समृद्धीको मुख्य आधार अहिले पर्यटन भएको वताउनु भयो ।

धनकुटा नगर पालिकाका प्रमुख चिन्तन तमाङ, पाख्रिवास नगर पालिकाका प्रमुख ज्ञान वहादुर गुरुङ, सहिद भूमी गाउपालिकाका अध्यक्ष मनोज राई, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, हिले बजार व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्वा तामाङ लगायतले हिले तेस्रो खाना महोत्सवले हिलेको पर्यटन प्रबर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने वताउनु भयो । भने कार्यक्रमको संचालन सचिव चन्द्र कृष्ण ठकुरीले गर्नु भएको थियो ।

हिले पर्यटन प्रवद्धन तथा पूर्वाधार विकास समितिका अध्यक्ष खगेन्द्र विष्टको अध्यक्षतमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

बैशाख ९ गते सम्म संचालन हुने हिले तेस्रो खाना महोत्सवमा विभिन्न जातीय परिकाहरुका साथै पराम्परागत र अर्गानिक खानाका परिकाहरुको स्टलहरु राखिएको र स्थानीय तथा चर्चित राष्ट्रिय स्तरीका कलाकारहरुको बेजोड प्रस्तुती समेत रहेको आयोजक समितिका अध्यक्ष खगेन्द्र विष्टले वताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय