– नरेन्द्र कश्चित
धनकुटा : विश्वमा छरिएर रहेका हाङदुमहाङ्ग खेवाहाङ्ग मादेन लिम्बुहरुको वंश लेखनबारेमा धनकुटाको छथरजोरपाटी गाउँपालिकाको सिंधुवामा दुईदिने बृहत् भेला हुने भएको छ । हाङदुमहा्ङ खेवाहाङ्ग मादेन बंश प्रतिष्ठान तदर्थ समितिले सिंधुवामा गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

विश्वभरि छरिएर रहेका खेवाहाङ्ग मादेन लिम्बुहरुमा नातागोता चिनाउने र बंशको अभिलेखिकरण गर्ने साथै स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बृहत् भेला आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मादेनले बताउनु भयो ।

वैशाख १० र ११ गते दुई दिन सम्म संचालन हुने भेलाका प्रमुख अतिथि भारत सिक्किम प्रान्तका पुर्व शिक्षा तथा पर्यटन मन्त्री आरबी सुब्बा खेवाहाङ्ग मादेन लिम्बु रहनुहुने प्रतिष्ठानका अध्यक्ष महेन्द्र कुमार मादेन ले बताउनु भयो । बृहत् भेलामा लिम्बु संस्कृतिक कार्यक्रमहरु केलाङ, यालाङ समेत प्रदर्शन गर्ने तयारी भएको प्रतिष्ठानका उपाध्यक्ष गोविन्द मादेन लिम्बुले बताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय