धनकुटा : लोकतन्त्र दिवसको अवसरमा धनकुटा बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरुको संस्था अलुम्नाई एशोसिएसन (D-CAAN) धनकुटाले आज धनकुटा अस्पतालको विरामीहरुलाई फलफूल वितरण गरेको छ ।
अलुम्नाई एशोसिएसन (D-CAAN) धनकुटा वहुमुखी क्याम्पसका उपाध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा र धनकुटा वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख होम वहादुर वस्नेतको प्रमुख आथित्यतता तथा प्रेदेश सभाका निर्वतमान सांसद कुसुम कुमारी श्रेष्ठको विशेष आथित्यतमा सम्पन्न भएको फलफूल वितरण कार्यक्रममा धनकुटा अस्पतालमा उपचार गराईरहेका सबै विरामीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको संस्थाका महासचिव राजन पौडेलले वताउनु भयो ।
कार्यक्रमको उदेश्यमाथि अलुम्नाई एशोसिएसन (D-CAAN) धनकुटा वहुमुखी क्याम्पसका कोषाध्यक्ष प्रध्यापक यज्ञ गुरागाईले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा धनकुटा वहुमुखी क्याम्पसका प्रमुख होम वहादुर वस्नेत, संस्थाका अध्यक्ष विजय सन्तोषी राई, प्रदेश सभाका निर्वतमा सांसद कुसुम कुमारी श्रेष्ठ, सहायक क्याम्पस प्रमुखहरु कृष्ण गोवत्द अधिकारी, सूर्यदेव प्रसाद यादव, धनकुटा अस्पतालका मेडिकल अधिकृत डा. सुस्मिन कार्की, संस्थाका महासचिव राजन पौडेल, कोषाध्यक्ष यज्ञ गुरागाई, सदस्य खेमराज पौडेल, धनकुटा वहुमुखी क्याम्पसका मुख्य कार्यालय सहायक रमला नेपाल, त्रिवि वि कर्मचारी संघका सभापति लक्ष्मण कार्की, पूर्व विद्यार्थीहरु चन्द्रकला धमला, शान्ति खड्का, नेपाल पत्रकार महासंघ धनकुटाका सल्लाहकार भेषराज कटेल, सचिव हरी वहादुर लम्जेल, सहसचिव इश्वर थापा लगायतले लोकतन्त्र दिवसको महत्वको वारेमा प्रकाश पार्दै धनकुटा अस्पतालमा उपचार गराईरहनु भएका विरामीहरुको शिघ्र स्वास्थ्य लामको कामना गरी फलफूल वितरण गर्नु भएको हो ।
धनकुटा वहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरुले २०७६ सालमा संविधान सभा सदस्य टिकाराम चेम्जोङको अध्यक्षतमा पूर्व विद्यार्थीहरुको संस्था अलुम्नाई एशोसिएसन (D-CAAN) धनकुटा वहुमुखी क्याम्पस गठन गरी क्रियाशिल रही विभिन्न कार्यक्रमहरु गर्दै आएको संस्थाका महासचिव राजन पौडेलले वताउनु भयो ।