काठमाडौं : वरिष्ठ गायक कृष्ण भक्त राई र गायिका हेमुस्मृति चोङ्बाङको मीठो स्वरमा सजिएको पुर्वेली लोक गीत ‘तरेबा ज्यु ए’ गीतको भिडियो बजारमा आएको छ ।
एस. पि निङ्लेकुको शब्दलाई गायक तथा संगीतकार मनोज साङसोन राईले संगीत र संगीत संयोजन गरेका हुन् । गीतलाई स्टुडियो किङमा सुरेश राईले रेकर्डिङ अनि राजु कार्कीले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
गायिका हेमुस्मृति चोङ्बाङको आफ्नै अफिसियल युट्युब च्यानल Hemu Smriti official Channel मार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोमा जे. पि नेम्बाङ र हेमुस्मृति चोङ्बाङको अभिनय रहेको छ । साथमा कोरस नृत्य Teenz Crew Dance Center Dhankuta, किरात याक्थुङ चुम्लुङ धनकुटाको रहेको छ । दिनेश माङ्मुले निर्देशन गर्नुभएको भिडियोलाई शिर कुमार साङ्पाङले छायांकन र सन्जय निङ्लेकुले सम्पादन गर्नु भएको छ ।
भिडियो हेर्नुहोस् :