काठमाडौं : चर्चित गायक तथा संगीतकार भीषण मुकारुङ राईको ‘खोर्सानी डल्ले १ र २’ को अपार सफलता पछी ‘खोर्सानी डल्ले ३ बाडुल्की’ बजारमा आएको छ ।

गायक राईकै शब्द, संगीत, स्वर रहेको गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ । स्टुडियो किङ र माहोल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुरेश राई र डिजे मेवाहाङले रेकर्डिङ गरेका हुन् भने मिक्सिङ र मास्टरिङ किसोर थापाले गरेका हुन् । गीतको भिडियो दशैँको अवसरमा सार्वजनिक भएको हो । गीतमा राईसँगै विशेष खालिङ, विक्रम राई, सागर संसार राईको स्वर रहेको छ ।

गायक राईको आफ्नै अफिसियल युट्युब च्यानल Bhishan Mukarung Rai मार्फत सार्बजनिक गरिएको भिडियोलाई कलाकार एलिश राईले निर्देशन गरेको हुन् । भिडियोमा एलिश राई र एलिशा राईका साथै कविता आले मुख्य भूमिका रहेको छ । भिडियोलाई दीपक गिरीले छायांकन र अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय