– नरेन्द्र कश्चित
धनकुटा : हिले खोकु सडक खण्डमा पर्ने सहिदभूमि गाउँपालिका वडा नं-४, नासपति चौकमा दुर्घटना परि २३ वर्षको लुरे वि.क.भनिने टाइजन वि.क.को मृत्यु भएको छ ।
हिजो रातको ९:३० बजेतिर थलथलेबाट खोकु तर्फ जाँदै गरेको को १ ज ३११८ नम्बरको पिकअपले किचेर दुर्घटनामा परि वि.क. को मृत्यु भएको कुरा इलाका प्रहरी कार्यालय छिन्ताङ्गका इन्सपेक्टर विष्णु बहादुर खड्काले बताउनु भयो ।
दुर्घटना गराउने सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय छिन्ताङ्गका इन्सपेक्टर खड्काले बताउनु भयो । साथै लासको चेकजाँचको लागि सर्जमिन मुचुल्का उठाई पोष्टमार्टमको लागि जिल्ला झिकाउन तयारी हुँदै गरेको सहिदभूमि-४ का वडा अध्यक्ष भिम बहादुर राईले बताउनु भयो ।