धनकुटा : धनकुटा पुख्यौली घर भई हाल मोरङ्ग क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएका डा. सुनिल कुमार शर्मालाई उहाँले स्वास्थ्य लगायत समाजिक कार्यका लागी गर्नु भएको महत्वपूर्ण कार्यको उच्च कदर गर्दै नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिले आज सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा आउन नसक्नु भएका सांसद शर्मालाई आज उहाकै सचिवालयमा धनकुटा काठमाडौं सम्पर्क समितिको तर्फबाट नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, सम्पर्क समितिका निर्वतमान कोषाध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतले खादा माला, टोपी लगाई दिई सम्मान गरी सम्मानपत्र हस्तानन्तरण गर्नु भएको हो ।

धनकुटा जिल्लाको तत्कालिन चुङवाङ्ग गाविस वडा नं. ४ पुख्यौली घर भई हाल मोरङ्ग क्षेत्र नं. ३ बाट निर्वाचित सांसद सुनिल कुमार शर्माले नेपाली जनताको पक्षमा निरन्तर आवाज उठाउदै स्वास्थ्य सेवाबाट बन्चित रहेका धनकुटा जिल्ला लगायत नेपाल भरकै गरिव तथा असाहयहरुलाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्नु भएको र नेपाली काग्रेसको संगठन विस्तार र सुदृढीकरणका लागी भएकोले उहालाई नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिले सम्मान गरेको सम्पर्क समितिका सभापति भिम वहादुर थापाले वताउनु भयो ।

अति गरिव निमुखा तथा पहुच विहिनहरुलाई निशुल्क स्वस्थ्य सेवा प्रदान गरिरहनु भएका धनकुटा जिल्लाको तत्कालिन चुङवाङ्ग गाविस वडा नं. ४ मा पुख्यौली घर भई हाल मोरङ जिल्लाको निर्वाचत क्षेत्र नं. ३ बाट निर्वाचित सांंसद नेपाली कांग्रेसका यूवा नेता आदरणीय काका सुनिल कुमार शर्मा ज्यू हिजोको सम्मान कार्यक्रममा विशेष कारण बस आउनु नसक्नु भएकोले उहाँकै सचिवालय काठमाडौंमा गई आज नेपाली कांग्रेस धनकुटा — काठमाडौं सम्पर्क समितिले उहाँलाई प्रदान गरिएको सम्मानपत्र खादा माला र टोपी लगाई दिई सम्मान गरी हन्तानन्तरण गरियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय