धनकुटा : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकाे धनकुटा जिल्ला तदर्थ समिति गठन भएकाे छ । श्रावण १२ गते शनिबार कोशी प्रदेश समितिको आयोजनामा नुनथला भिलेज एन्ड रिसोर्ट महालक्ष्मी ९, धनकुटाकाे सभाहलमा प्रतिष्ठानका कोशी प्रदेश संयाेजक राेम घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त भेलाबाट नारायण बिककाे संयाेजकत्वमा ११ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएको हो । त्यस्तै सह-संयोजकमा खगेन्द्र तामाङ ‘अनुपम’, सचिव चन्द्र बहादुर थापा, आर्थिक संयोजक तुलसा मादेन सदस्यहरु गौरव नारायण राई, दीपक गुरुङ्ग, दीपक काफ्ले, सन्ध्या लिम्बु, कोपिला लामिछाने (ओझा) चयन भएका छन् ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष तथा लाेकप्रिय गायिका रिता थापा मगरकाे प्रमुख आतिथ्यता, प्रशासनिक उपाध्यक्ष गायक दिपक खड्का र सह-काेषाध्यक्ष जुना श्रीस मगरकाे विशेष आतिथ्यता साथै केन्द्रीय सदस्य रमेश आचार्यकाे आतिथ्यता रहेकाे थियो ।
कार्यक्रममा प्रदेश समितिकी आर्थिक संयाेजक टीका बस्नेतले स्वागत गर्नुभएकाे थियाे भने श्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रमकाे समेत आयाेजना गरिएको थियाे ।