काठमाडौं : मन्त्रिपरिषद्को बैठकले विभिन्न देशका लागि नेपाली राजदूतहरुको नाम सिफारिश गरेको छ । दक्षिण कोरियाको लागि भने पूर्व कानूमन्त्री तथा पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फेको नाम सिफारिश भएको छ ।

यस्तै, भारतका लागि नेपाली राजदूतमा यसअघि फिर्ता बोलाईएका राजदूत डा. शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ । एमालेसमेत सम्मिलित प्रचण्ड नेतृत्वको सरकारले यसअघि शर्मालाई फिर्ता बोलाएको थियो ।

उनको ठाउँमा लोकदर्शन रेग्मीको नाम सिफारिश भएको थियो । तर, परराष्ट्रमन्त्रीमा डा. आरजु राणा नियुक्त भएसँगै शर्मालाई १५ दिनको लागि थमौती गरिएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय