धनकुटा : धनकुटा जिल्लाको तत्कालिन चुङवाङ्ग गाविस वडा नं. ४ मा जन्मनु भई हाल बेलवारी मोरङ्ग वडा नं. ४ मा वस्दै आउनु भएका वरिष्ट समाजसेवी तथा साहित्यकार आदरणीय हजुरबुबा श्री लोकनाथ न्यौपाने ज्यू हिजोको सम्मान कार्यक्रममा विशेष कारण बस आउनु नसक्नु भएकोले उहाँकै निवास काठमाडौंमा गई आज नेपाली कांग्रेस धनकुटा — काठमाडौं सम्पर्क समितिले उहाँलाई प्रदान गरिएको सम्मान पत्र उहाँ र उहाँको धर्मपत्नी आदरणीय हजुरआमा होमादेवी न्पौपाने ज्यूलाई खादा माला लगाई दिई हन्तानन्तरण गरियो । जय नेपाल । सम्मान गरी सम्मान पत्र हस्तानन्तरण गरेको छ । विशेष कारणले हिजो भएको सम्मान कार्यक्रममा आउनु नसक्नु भएकोले वरिष्ट समाजसेवी न्यौपानेलाई उहाँकै काठमाडौं स्थित निवासमा गई सम्मान पत्र हस्तान्तरण गरि सम्मान गरिएको हो ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, धनकुटा काठमाडौं सम्पर्क समितिका निर्वमान कोषाध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका निर्वतमान अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले वरिष्ट समाज सेवी तथा साहित्यकार लोकनाथ घिमिरेलाई टोपी तथा खादा माला लगाई दिई सम्मान गर्दै सम्मान पत्र हस्तानन्तरण गर्नु भएको थियो । सो अवसरमा उहाँहरुले वरिष्ट समाजसेवी न्यौपानेकी उहाको धर्मपत्नी आदरणीय हजुरआमा होमादेवी न्यौपानेलाई समेत खादा माला लगाई दिई सम्मान गरिएको थियो ।

धनकुटा जिल्लाको तत्कालिन चुङवाङ्ग गाविस वडा नं. ४ मा जन्मनू भएको वरिष्ट समाजसेवी न्यौपानै हाल बेलबारी वडा नं. ४ मा वस्दै आउनु भएता पनि उहाले चुङवाङ्गका रहदा र हाल मोरङ्ग तथा काठमाण्डौमा वन्दै आउनु भएता पनि स्वास्थ्यको पहुच नभएका गरिव तथा निमुखा असाहयहरुलाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्न सहयोग गरीरहनु भएको र अन्य विभिन्न सामाजिक क्षेत्रहरुमा समेत महत्वपूर्ण योगदान दिनु भएको र विभिन्न साहित्य प्रकाशन गर्नु भएकोले उहाको यस प्रकारको महत्वपूर्ण समाजिक कार्यको उच्च सम्मान गर्दै सम्मान गरिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

नेपाली कांग्रेसका नेता उर्जा, जलश्रोत तथा सिचाई मन्त्री दिपक खड्काको प्रमुख आथित्यमा र नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिका सभापति भिम वहादुर थापाको अध्यक्षतमा हिजो सम्मान कार्यक्रम काठमाडौंमा भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय