धनकुटा : हरिराज खेवा स्मृति प्रतिष्ठानले आइतबार मदन भण्डारी बाल आश्रम धनकुटा नपा–४ स्थित श्रीपञ्चमी पार्कका अनाथ बालबालिकालाई खाद्यान्न, फलफूल र स्टेशनरीका सामग्री प्रदान गरेको छ ।

पूर्व अर्थराज्यमन्त्री स्व.हरिराज खेवाको आठौं स्मृति दिवशको अवसरमा प्रतिष्ठानले पार्कमा आस्रित बालबालिकालाई ती सामग्री प्रदान गरेको हो। एक कार्यक्रमकाबीच प्रतिष्ठानकी संरक्षक, छथरजोरपाटी गाउँपालिकाका उपप्रमुख एवंम् स्व.खेवाकी धर्मपत्नी गीता गुरुङ खेवाले बालबालिकालाई सामग्री प्रदान गर्नुभएकाे हाे ।

श्रीपञ्चमी पार्क परिषरमा आयोजित कार्यक्रममा स्व.खेवाको तस्विरमा माल्यार्पण गरी श्रद्धा व्यक्त गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि, धनकुटा नगरपालिकाका उपमेयर भीमा खनाल, प्रतिष्ठानका संरक्षण गीता गुरुङ खेवा, धनकुटा नगरपालिकाकी पूर्व उपप्रमुख शकुन्तला बस्नेत, सामाजिक अगुवा तथा प्रतिष्ठानका संस्थापक काेषाध्यक्ष ऋषिराम ढुंगाना, धनकुटा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तारा तितुङ, प्रतिष्ठानका सल्लाहकार तिलक राई लगायतले स्व. खेवाको योगदानको चर्चा गरेका थिए ।

खाद्यान्न फलफूल र स्टेशनरी सामग्री पाउँदा श्रीपञ्चमी पार्कमा आस्रित बालबालिका खुसी भएका थिए । उक्त पार्कमा हालः १५ जना अनाथ बालबालिका आश्रित रहेका पार्कका वार्डेन सुशिला दाहाल मिश्रले बताउनु भयो ।

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा धनकुटा क्षेत्र नं.२ बाट नेकपा माओवादीको तर्फबाट संविधानसभा सदस्य निर्वाचत भएका स्व. खेवा अर्थराज्यमन्त्री समेत बनेका थिए। खेवा राजनीतिसंगै नाटक लेखन अभिनय, गीत समेत लेख्नु भएको छ । उहाँले लेख्नुभएको तथा अभिनय गर्नु नाटक अपदस्त जिन्दगी अझै प्रसारण हुदै आएकाे छ ।

धनकुटाको हात्तिखर्क निबासी उहाँकाे २०७३ साल साउन १३ गते पार्टीको कामबाट धनकुटा सदरमुकाम फर्किदै गर्दा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिधुवामा बस दुर्घटनामा परी निधन भएको थियो । उक्त दुर्घटनामा खेवासहित १३ जनाको निधन भएको थियो ।

स्व.हरिराज खेवा आठौं स्मृति दिवशको अवशरमा आयोजित खाद्यान्न, फलफूल तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम हरिराज खेवा स्मृति प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र विष्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमकाे महासचिव विष्णुमाया कन्दङवाले गर्नुभएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय