काठमाडौं : नेकपा (माओवादी केन्द्र) की युवा नेतृ तथा अध्यक्ष पुष्पकमल दाहालकी प्रमुख स्वकिय सचिव गंगा दाहालले सुस्तावासीका आधारभूत मानवीय आवश्यकत्ता छिटो पूरा गर्न माग गरेकी छिन् ।
तीनतिर नारायणी नदी र एकतिर भारतीय भूमिले घेरिएको सुस्तामा देशकै सबैभन्दा लामो झोलुंगे पुलमार्फत जोडिएको उल्लेख गर्दै सुस्तावासीको हितको लागि यसअघिको प्रचण्ड नेतृत्वको सरकारले अघि बडाएको कामको निरन्तरताको माग गरेकी छिन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत दाहालले लेखेकी छिन् – तीनतिर नारायणी नदि र एकतिर भारतीय भूमिले घेरिएको सुस्तामा देशकै सबैभन्दा लामो झोलुंगे पुलमार्फत जोडिएको छ। जस्ले सुस्तावासीलाई राहत दिलाएको छ ।
झोलुङ्गे पुल निर्माणसङ्गै केन्द्रीय विधुत प्रशारण लाइनबाट सुस्तालाई जोड्ने र झोलुङ्गे पुल र प्रशारण लाइन एकैपटक उदघाटन गर्ने कार्यसूची बनिसकेको थियो। यसको लागि निवर्तमान प्रधानमन्त्री प्रचण्डज्यूकै सक्रियतामा प्राधिकरणका प्रबन्ध निर्देशक र स्थानीय पुर्वाधार विकास विभागका महानिर्देशककोबीच सहमति समेत बनिसकेको थियो तर प्रचण्ड सरकार ढालियो ।
झोलुङ्गे पुलले सुस्तालाई जोडेसङ्गै प्रचण्ड सरकारले अगाडि बढाएको विधुत प्रशारण लाइनमार्फत पनि सुस्तालाई जोड्ने कार्य छिट्टै अघि बढोस् । सुस्तावासीका आधारभूत मानवीय आवस्यकता छिटो पूरा गरियोस् ।