धनकुटाको टोलीले राज्य व्यवस्था तथा शुसासन समितिका सभापति खतिवडासंग भेटघाट र छलफल
धनकुटा : राज्य व्यवस्था तथा शुसासन समितिका सभापति तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रभावशाली नेता रामहरी खतिवडा संग काठमाडौंमा उहाकै कार्यकक्षमा नेपाली कांग्रेस धनकुटाको टोलीले भेटघाट गरी सुशासन लगायत विभिन्न विषयहरुमा छलफल गरेको छ ।
सो अवसरमा राज्य व्यवस्था तथा शुसासन समितिका सभापति नेपाली कांग्रेसका प्रभावशाली नेता राम हरी खतिवडाले मुलुकमा शुसाशन पहिलो भएको वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य विर्मशमान अमात्य लगायत धनकुटाको टोलीले समितिका सभापति खतिवडालाई शान्ति सुरक्षा, शुसासन लगायत विविध विषयमा जानकारी गराई छलफल समेत गरेको थियो ।