धनकुटा : उर्जा, जलश्रोत तथा सिचाईमन्त्री तथा नेपाली कांग्रेसका यूवा नेता दिपक खड्कालाई नेपाली कांग्रेस धनकुटाको तर्फबाट भेटघाट गरी बधाई ज्ञापन गर्दै धनकुटा जिल्लामा विद्युत विस्तार हुन बाँकी स्थानहरुमा विस्तार गर्न र विशेष सिचाई योजनाहरु संचालन गर्न अनुरोध गर्नु भएको छ ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई धनकुटा काठमाडौं सम्पर्क समितिका सभापति भिम वहादुर थापा, नेपाल ट्रेड युयिनन कांग्रेस धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतको टोलीले उर्जा जलश्रोत तथा सिचाई मन्त्री खड्कालाई मन्त्रालय काठमाडौंमा भेटघाट गरी बधाई ज्ञापन गर्दै लोकप्रिय कार्यकालको लागी शुभकामना दिदै धनकुटा जिल्लामा विद्युत विस्तार हुन बाँकी स्थानहरुमा विस्तार गर्न र विशेष सिचाई योजनाहरु संचालन गर्न अनुरोध गर्नु भएको हो ।

नेपाली कांग्रेस धनकुटाको उत्त टोलीले मन्त्री खड्कालाई बधाई तथा शुभकामना दिदै सफल र लोकप्रिय कार्यकालको लागी हार्दिक शुभकामना समेत दिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय