धनकुटा : गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक र स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका यूवा नेता प्रदिप पौडेललाई नेपाली कांग्रेस धनकुटाको तर्फबाट आज भेटघाट गरी बधाई ज्ञापन गर्दै शान्ति सुरक्षा र स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन अनुरोध गर्नु भएको छ ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्य तथा धनकुटाका नेता उदय वहादुर लिम्बु, सम्पर्क समितिका सभापति भिम वहादुर थापा, नेपाल ट्रेड युयिनन कांग्रेस धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ र नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य विर्मशमान अमात्यले आज गृहमन्त्री लेखक र स्वास्थ्य मन्त्री पौडेललाई मन्त्रालय काठमाडौंमा भेटघाट गरी बधाई ज्ञापन गर्दै शान्ति सुरक्षा र स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन अनुरोध गर्नु भएको हो ।

नेपाली कांग्रेस धनकुटाको उक्त टोलीले गृहमन्त्री लेखक र स्वास्थ्य मन्त्री पौडेलाई बधाई तथा शुभ कामना दिदै सफल र लोकप्रिय कार्यकालको लागी हार्दिक शुभकाभना समेत दिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय