धनकुटा : गएको जेठमा सम्पन्न ११ औं गोर्खा रारा गोल्डकप प्रतियोगिता तथा सो अवसरमा आयोजित चण्डिपूर्णिमा मेला तथा साँस्कृतिक साँझ कार्यक्रमको आम्दानी तथा खर्च सार्वजनिक गरिएको छ ।

आयोजक संस्था रारा फुटबल कल्व राजारानीले आईतबार राजारानीमा एक कार्यक्रम गरेर ४४ लाख ४१ हजार पाँच सय ६५ रुपैयाँ बराबरको आय तथा ४५ लाख दुई हजार चार सय ४५ रुपैयाँ को खर्च सार्वजनिक गरेको छ ।

संस्थाले फुटबल प्रतियोगितामा ३२ लाख ७० हजार छ सय ६५ आय तथा ३४ लाख ६१ हजार चार सय ४५ रुपैयाँ खर्च भएको जानकारी दिएको छ ।

त्यस्तै सस्थाले मेला तर्फ ११ लाख ७० हजार नौ सय बराबरको आय तथा १० लाख ४१ हजार बराबरको खर्च सार्वजनिक गरेको छ ।

संस्थाका अध्यक्ष मणि चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ, उपाध्यक्ष टंकमायाँ पाङ्मी मगर, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहाल लगाएको उपस्थितिमा कार्यक्रको आय ब्यय सार्वजनिक गरिएको हो ।

कार्यक्रममा पालिकाका अधिकांश वडा अध्यक्षहरुको उपस्थिति रहेको आयोजक संस्था राराका सचिव जीवन कटुवालले जानकारी दिनुभयो ।

गएको जेठ १० देखि १६ गते सम्म चौबिसे गाउँपालिकाको राजारानीमा आयोजना गरिएको फुटबल प्रतियोगितामा १३ देखि १६ गते सम्म मेला तथा साँकृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय