धनकुटा : राष्ट्रिय धान दिवसको अवसरमा आज धनकुटाको पाल्ले खोलामा महिला वचत तथा ऋण सहकारी संस्था धनकुटा र कृषि पर्यटन प्रर्वद्धनमा महिला अभियान धनकुटाको संयुक्त आयोजनामा धान रोपाई कार्यत्रम सम्पन्न भयो ।
धान दिवसको अवसरमा आयोजना गरिको उक्त धान रोपाई कार्यक्रममा प्रदेश सभाका सांसद इन्द्रमणी पराजुली, धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, उपप्रमुख सावित्रि राई, धनकुटा नगरपालिका पूर्व उपमेयर सकुन्तला वस्नेत, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल लगायत धनकुटा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, चौविसे गाउपालिकाका पुर्व उपाध्यक्ष यज्ञ कुमारी रुचाल, अन्तरपाटी महिला सञ्जालका अध्यक्ष अम्विका धमला लगायत महिला दिदी वहिनीहरुले शुभकामना व्यक्त गर्दै धान रोपाईमा सहभागी हुनु भएको थियो ।
महिला वचत तथा ऋण सहकारी संस्था धनकुटा र कृषि पर्यटन प्रर्वद्धनमा महिला अभियान धनकुटाका अध्यक्ष मन कुमारी तितुङ्कको अध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा कोषाध्यक्ष विष्णुमाया कन्दङ्कवाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।