धनकुटा : धनकुटा उद्योग बाणिज्य संघ र सुनसरी उद्योग बाणिज्य संघ विच आज धनकुटामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न भएको दुई संघ विचको अन्र्तक्रिया कार्यक्रममा सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले अध्ययन अवोलकन प्रभणको वारेमा जानकारी गराउनु भएको थियो भने एक आपसमा अनुभव आदान प्रदान गरिएको थियो । सो अवसरमा उद्योगी व्यावासायी विचको समस्य समाधान गर्न सहकार्य गर्ने सहमति भएको छ ।

सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्क(तारा), कार्यकारी सदस्य शोभा श्रेष्ठले सुनसरी उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गर्दै धनकुटाका उद्यमी तथा व्यावसायीहरुको अवस्थाको वारेमा जानकारी गराउनु भएको थियो ।

यसैगरी सुनसरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठ, प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ, महासचिव महेन्द्र श्रेष्ठ, उद्योग सचिव अशोक जैन, प्रचार प्रसार तथा संगठन सचिव शसि शाह र कार्यकारी सदस्यहरु शैलेस श्रेष्ठ, जय प्रकाश शर्मा, उमेश श्रेष्ठ, शुसिल अग्रावल, मनोज तोथी र कार्यलयका अधिकृत तारा लामा लगायतले आ-आफ्नो अनुभव जानकारी गराउनु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय