धनकुटा : धनकुटाको औद्योगिक ग्राममा संचालन भएको ९ दिने कोशी प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेला, फुट फेस्टिवल एवं साँस्कृतिक उत्सव सम्पन्न भयो । प्रदर्शनीको समापन समारोहमा पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै राष्ट्रपति रामचन्द्र पौडेलका राजनैतिक सल्लाहकार पूर्वमन्त्री सुनिल वहादुर थापाले धनकुटाका विकास अव उद्योग, व्यापार, पर्यटन, कृषि र शिक्षाबाट संभव भएको वताउनु भयो ।
सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष तथा प्रदेशनी व्यवस्थापन समितिका संयोजक विजय सन्तोषी राईले प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेला, फुट फेस्टिवल एवं साँस्कृतिक उत्सवमा प्रर्दशनका लागी धनकुटा लगायत यस प्रदेशका विभिन्न ११ जिल्लाहरुका गरी ३४ वटा स्टलहरु र ४ वटा जातीय खानाका स्टलहरु रहेको वताउनु भयो ।
९ दिन सम्म संचालन भएको उक्त प्रर्दशनीमा ५३ हजार ४ सय ८३ जनाले प्रत्यक्ष रुपा अवोलकन गरेको र प्रर्दशनीलाई भव्य रुपमा सफल बनाउन जेष्ठ १२ गते एकल जातिय संस्थाहरुको जातीय नृत्य प्रतियोेगिता र जेठ १३ गते खुल्ला विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता आयोजन गरिएको थियो भने दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका चर्चित कलाकारले गित तथा नृत्य प्रस्तुत गर्नु भएको थियो । उक्त प्रदर्शनीमा करिव १ करोड कारोवार भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका महासविच अम्विका धमलाले वताउनु भयो ।
प्रदर्शनीको समापन समारोहमा धनकुटाका उत्कृष्ट उद्यमी तथा व्यावसायीहरु दिनेश अमात्य, रामानन्द प्रसाद रामा, कुसुम राना, रेणु श्रेष्ठ, डिल्लीराम राई, चिरञ्जिवि राई, भक्त कार्की, लगायत ७ जनालाई सम्मान गरिएको थियो ।
समापान समारोहमा पूर्वमन्त्री थापा, संविधान सभा सदस्य लिला सुब्बा, जिल्ला समन्वय समिति धनकुटका उपप्रमुख सावित्रि राई, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, जिल्ला प्रहरी कार्यालय धनकुटाका डि एस पी राज वाबु महर्जन, नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, घरेलु कार्यालयका प्रमुख ईश्वर थापा लगायतले पुरस्कार तथा प्रमाणपत्र र मायाको चिनो वितरण गर्नु भएको थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षतमा भएको समापन कार्यक्रमको संचालन नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटका महासचिव अम्विका धमलाले र स्वागत मन्तव्य वरिष्ट उपाध्यक्ष विष्णुमाया कन्दङ्वा र धनकुटा औद्योगिक ग्रामको वारेमा जानकारी घरेलु कार्यालय धनकुटाका प्रमुख ईश्वर थापाले गर्नु भएको थियो । शुभकामना मन्तव्य नेकपा माओवादी केन्द्र धनकुटाका सचिव ओम प्रकाश निरौलाले गर्नु भएको थियो ।
प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेलाको उद्घाटन जेष्ठ ९ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्नु भएको र फुट फेस्टिवल एवं साँस्कृतिक उत्सव को उद्घाटन संघिय खानेपानी मन्त्री राजेन्द्र कुमार राईले गर्नु भएको थियो भने समापन राष्ट्रपतिका राजनैतिक सल्लाहकार पूर्वमन्त्री संविधान सभा सदस्य सुनिल वहादुर थापाले गर्नु भएको थियो ।
प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेला, फुट फेस्टिवल एवं साँस्कृतिक उत्सवको मुख्य सहयोगी कोशी प्रदेश सरकार, कृषि, उद्योग तथा सहकारी मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय, धनकुटा औद्योगिक ग्राम संचालक समिति, धनकुटा नगरपालिका, पाख्रिवास नगरपालिका, महालक्ष्मी नगरपालिका, सहिदभूमी गाउपालिका, साँगुरीगढी गाउपालिका, चौविसे गाउपालिका, छथरजोरपाटी गाउपालिका र मुख्य प्रायोजक राष्ट्रिय बाणिज्य बैंक, प्रायोजक नेपाल टेलिकम, टुबोर्ग वियर, साल्ट टेडिक, हिमाल रेमिन्ट लगायतका कम्पनी तथा निकायहरु रहनु भएको थिायो ।