धनकुटा : धनकुटाको आद्योगिक ग्राममा प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेला, फुट फेस्टिवल एवं साँस्कृतिक उत्सव अन्तर्गत आज विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको खानेपानी मन्त्री माननीय राजेन्द्र कुमार राईले भव्य समारोहको विच उद्घाटन गर्नु भयो ।
धनकुटाको विकास नमुनाको रुपमा अगाडी बढाउने वताउदै संघिय खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटाका सबै वडाहरुमा स्वच्छ र सफा खाने पानी उपलब्ध गराउन विशेष योजना संचालन गर्ने वताउनु भयो । उहाँले धनकुटाको विकास र समृद्धी उद्योग, कृषि र पर्यटनबाट संभव रहेको वताउनु भयो ।
सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले सरकारले निजि क्षेत्रसंग हातेमालो गरेर अगाडी बढे मात्र सफल हुने वताउनु हुदै उद्योग व्यापारका लागी सरकारले उचित वातावरण बनाउनु पर्नेमा जोड दिनु भयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त साँस्कृतिक उत्सव अन्तर्गत खुल्ला विद्यालय स्तरीय नृत्य प्रतियोगिताको उद्घाटन कार्यक्रममा धनकुटा औद्यागिक ग्राम संचालन समितिका अध्यक्ष तिलक महत, घरेलु कार्यालय धनकुटाका प्रमुख इश्वरश्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटमा वरिष्ठ उपाध्यक्ष विष्णुमाया कन्दङ्वा, महासचिव अम्विका धमलाले लोक नृत्य प्रतियोगिताले कला संस्कुतिको संरक्षण गर्ने वताउनु भयो ।
धनकुटा जिल्लाका १० वटा विद्यालयहरुले भाग लिएको उक्त प्रतियोगितमा श्री निजामती आवासिय विद्यालय धनकुटा प्रथम, तमोर भ्याली बोडिङ स्कुल धनकुटा दोस्रो, श्री बाल संंसार बोडिङ स्कुल तेस्रो र सान्त्वना दिप इंगलिस बोडिङ स्कुल धनकुटा र मनकामना बोडिङ स्कुल हिले धनकुटा भएका छन् । गत जेष्ठ १२ गते आदीवासीहरुको झाँकी तथा जातीय नाच प्रतियोगिता समेत सम्पन्न भएको थियो ।
विजयी विद्यालय तथा सहभागी विद्यालयहरुलाई साँस्कृतिक उत्सव तथा फुड फेस्टिवलको समापन कार्यक्रम जेष्ठ १७ गते सबै प्रतियोगिताहरुको पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका महासचिव अम्विका धमलाले वताउनु भयो ।
सो अवसरमा संघिय खानेपानी मन्त्री राजेन्द्र कुमार राईलाई धनकुटाका उद्यमीहरुको तर्फबाट सम्मान समेत गरिएको थियो । साँस्कृतिम उत्सव कार्यक्रमको संचालन महासचिव अम्विका धमलाले गर्नु भएको थियो ।