धनकुटा : धनकुटाको औद्योगिक ग्राममा प्रदेश स्तरीय औद्योगिक प्रदर्शनी तथा कृषि भेला र फुट फेस्टिवल एवं साँस्कृतिक उत्सव कार्यक्रमको उद्घाटन गर्दै प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीले धनकुटाको विकास र समृद्धीको लागी प्रदेश सरकारले विशेष सहयोग गर्ने वताउनु भयो ।
मुख्यमन्त्री हिक्मत कार्कीले विगतमा धनकुटा प्रमुख प्रशासनिक केन्द्र भएको र हाल धनकुटा प्रदेशको राजधानी नबन्दा धनकुटावासीको चित्त दुखेकोले धनकुटाबासीलाई आशा जगाउने चित्त बुझ्ने किसिमको विशेष योजनाहरु प्रदेश सरकारले ल्याउने वताउनु भयो ।
यसैगरी कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना राज्य मन्त्री प्रदेश सदस्य निरन राईले प्रदेश सरकारले धनकुटाको चित्त बुझाउने काम गर्नु पर्ने वताउनु भयो ।
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, प्रमुख जिल्ला अधिकार पुण्य बिक्रम पौडेल, नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रदेश अध्यक्ष अञ्जु उपाध्याय, औद्योगिक ग्राम संचालन समितिका अध्यक्ष तिलक महत, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई लगायतले धनकुटा औद्योगिक ग्राममा उद्योग स्थापना गरी विशेष योजना ल्याउन मुख्य मन्त्री समक्ष अनुरोध गर्नु भएको छ ।
धनकुटा औद्योगिक ग्राम संचालन समितिका अध्यक्ष तिलक महतको अध्यक्षतमा संचालन भएको उद्घाटन कार्यक्रममा घरेलु कार्यालय धनकुटाका प्रमुख इश्वर थापाले धनकुटा औद्योगिक ग्रामको वारेमा जानकारी दिनु भएको वरिष्ट उपाध्यक्ष विष्णुकला कन्दङ्वाले स्वागत मन्तव्य र कार्यक्रमको संचालन महासचिव अम्बीका धमलाले गर्नु भएको थयो ।
जेष्ठ १७ गते सम्म संचालन हुने प्रदशनीमा कोशी प्रदेशका वभिन्न जिल्लाहरुका घरेलु तथा साना उद्योगहरु उत्पादन गरेका सामग्रीहरु र हस्कलाका समाग्रीहरु गरी ३४ वटा स्टलहरु र विभिन्न जातीय खानाका ७ वटा परिकारहरुको स्टल रहेको छ ।
धनकुटाको औद्योगिक ग्राममा प्रदेश स्तरीय औद्योगिक प्रदर्शनी तथा कृषि भेला र फुट फेस्टिवल एवं साँस्कृतिक उत्सवमा जेष्ठ १० गते लोकप्रिय गायिका रचना रिमाल, जेष्ठ ११ गते यूवा गायक गौरव नारायण राई, जेष्ठ १२ गते चर्चित गायिका समिक्षा अधिकारी, जेष्ठ १३ गते यूवा गायक यस कुमार, जेष्ठ १४ गते अहिलेका चर्चित गायिका शान्तिश्री परियार, जेष्ठ १५ गते वहुचर्चित गायिका ज्योति मगर, जेष्ठ १६ गते चर्चित हाँस्यकलाकारहरु विराज गन्धर्व, नबिना सिलवाल(खुईली)को रमाइलो प्रस्तुति रहने छ । यसैगरी जेष्ठ १७ गते सबैको मनमा वस्न सफल बहुचर्चित यूवा गायक प्रमोद खरेलको विशेष प्रस्तुतीका साथ ९ दिने कार्यक्रम समापन हुने आयोजक समितिले जनाएको छ । साथै बालबलिकाहरुका लागी रमाइलो बाल उद्यान पनि धनकुटाको औद्योगिक ग्राममा संचालन भैरहेको छ ।