धनकुटा : धनकुटामा संचालन भएको कोशी प्रदेश स्तरीय धनकुटा तेस्रो व्याडमिन्टन प्रतियोगिताको १०० पलस भेट्रासको उपाधी धनकुटाको शिखर श्रेष्ठले र किरण प्रधानले चुम्न सफल भएका छन् ।

विजेता टोलीलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटा कप सहित नगद पुरस्कार र मेडल तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो भने उपबिजेतामा ईटहरीका श्याम लामा र उत्तम सिम्खडा लाई सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाका गुल्मपती डिएसपी सुदन भारतीले नगर पुरस्कार कप, प्रमाण पत्र मेडल प्रधान गर्नु भएको थियो ।

यसैगरी तेस्रो स्थान प्राप्त गर्ने सुनिल परियार र गणेश राई जोडी, जिवन कुमार बोगटी र श्रवण चौधरीको जोडी लाई कोश प्रदेश व्याडमिन्टन संघका संयोजक यज्ञश्वर श्रेष्ठले कप, प्रमाण पत्र मेडल र नगद पुरस्कार प्रदान गर्नु भएको थियो । यसैगरी कोशी प्रदेश स्तरीय खुल्ला व्याडमिन्टन तर्फ प्रथम भएका प्रविन लिङथेप (संखुवासभा) र निशान खड्का(भोजपुर)को जोडी लाई धनकुटा व्याडमिन्टन संघका अध्यक्ष शिखर श्रेष्ठले नगद पुरस्कार धनकुटा कप, मेडम प्रमाणपत्र प्रधान गर्नु भएको थियो ।

यसैगरी दोस्रो भएका भोजराज गुरुङ र लाक्पा शेर्पाको जोडी लाई राष्ट्रिय बाणिज्य बैक धनकुटाका प्रवन्धक खगेन्द्र कन्दङवाले कप प्रमाण पत्र, मेडल नगद पुुरस्कार प्रमाण पत्र वितरण गर्नु भएको थियो । तेस्रो भएका रविन साउदेन दिवश शंकरको जोडी र सुनिलजंग कार्की र महेश खड्काको जोडी लाई धनकुटा व्याड मिन्टन संघका स्थापक अध्यक्ष राम नारायण श्रेष्ठ, समाजसेवी नविन किशोर शाक्य लगाइले मेडल, कप नगर पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । जनप्रतिनिधहरु विच र अन्य विभिन्न समुहहरुविच पनि व्याडमिन्टन प्रतियोगिता भएको थियो ।

पुरस्कार वितरण कार्यक्रम धनकुटा जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शिखर श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको थियो भने उपाध्यक्ष गोविन्द राईले स्वागत मन्तव्य र कार्यक्रमको संचालन सचिव नारायण बिकले गर्नु भएको थियो । तेस्रो धनकुटा कप व्याडमिन्टन प्रतियोगिताको जेष्ठ ४ गते भव्य समारोहका विच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटामा उद्घाटन गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय