धनकुटा : नेपाल उद्योग बाणिज्य संघद्धारा काठमाडौंमा आयोजित आर्थिक बर्ष २०८१/८२ को पूर्व बजेट सम्वन्धि माननीय अर्थमन्त्री बर्षामान पुन संगको अन्र्तक्रिया कार्यक्रमा धनकुटा शाखाको तर्फबाट ६ बुदे सुझावपत्र आज प्रस्तुत गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०८१/८२ को लागी प्रस्तुत गर्नु भएको सुझावमा घरेलु तथा साना उद्योग दर्ता र नविकरण दस्तुर विगत दुई बर्ष अघि १० गुणा बृद्धी गरिएकोले त्यसलाई घटाई पहिलेकै दर कायम गरियोस । उहाँले महिला उद्यमीहरुलाई बिना धितो सहुलियत दरमा सहुलियत कर्जा उपलब्ध गराउदै आएकोमा हाल उक्त सहुलियत कर्जा बन्द गरिएकोले पुन उक्त कर्जा वितरण गर्न शुरु गर्न समेत सुझाव दिनु भएको छ ।

आर्थिक मन्दीका कारण व्यावसायीहरु संकटमा परेकोले व्यावसायिहरुलाई सहुलियत कर्जा, पुनरकर्जा र थप कर्जा सहुलियत दरमा उपलब्ध गराउन सुझाव दिदै अध्यक्ष विजय सन्तोषी राईले कृषि र बनजन्य उद्योगी व्यावसायीहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउन समेत सुझाव दिनु भयो ।

धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट प्रस्तुत गरिएको उक्त सुझावमा आर्थिक संकटका कारण व्यावसायीहरुले लिएको ऋणको व्याज तथा किस्ता समयमा तिर्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरुले कालो सूचीमा राख्ने, लिलाम गरिदिने बैंक खाता बन्द गरिदिने गर्दै आएकोले व्यावसायीहरु आत्महत्या गर्ने बाध्य भएकोले लिलाम गर्ने, कालो सूचीमा राख्ने र बैंक खाता बन्द गर्ने कार्य तत्काल रोक्न व्यवस्था गर्न र स्थानीय उद्योगहरुलाई प्रोत्साहन गर्न स्थानीय स्तरमा उत्पादित वस्तु तथा सामग्रीहरुको अनिवार्य खरीद गरी प्रयोग गर्न व्यवस्था गर्न समेत सुझाव दिएको छ ।

यसैगरी तिन बर्ष भन्दा बढी बर्षहरुको कर तिर्न बाँकी रहेका उद्योगी व्यावसायीहरुको लागि जती बर्ष कर तिन बाँकी भएपनि दुई बर्षको मात्र कर तिरेर व्यावसायी रिनो गर्ने अवसर प्रदान माग गर्दै धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले अर्थमन्त्री बर्षामान पुन संग अहिले लिईदै आएको भ्याट तथा कर दर घटाउन आगामी बजेट ल्याउन समेत माग गर्नु भयो ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षता भएको उक्त अन्र्तक्रिया कार्यक्रममा अर्थमन्त्री बर्षामान पुनलाई महासंघका पदाधिकारिहरु, निर्वतमान अध्यक्ष, पूर्व अध्यक्षहरु, केन्द्रिय सदस्यहरु र विभिन्न जिल्ला तथा नगरका उद्योग बाणिज्य संघका अध्यक्षहरुले आगामी बर्ष २०८१/८२ को बजेटमा समावेश गर्नका लागी विभिन्न सुझावहरु प्रस्तुत गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय