काठमाडौं : आम जनता पार्टीनिकट आम सम्पर्क मञ्चको राजश्व सुधार समिति र भन्सार विभागबीच ६ बुँदे सहमति भएको छ । भन्सार ऐनमा लुटकारी प्रावधान राखिएको भन्दै ती प्रावधान हटाउनका लागि आम सम्पर्क मञ्च महिनौंदेखि आन्दोलनरत थियो ।

उनीहरुले भन्सार नियमावलीमा व्यवस्था रहेको पुरस्कार सम्बन्धी प्रावधान हटाउन पर्ने, कार कानुन, राजश्व कानुन तथा भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट व्यक्ति पक्राउ गर्ने, सवारी साधन तथा सम्पत्ति जफत गर्ने प्रवधान हटाउन पर्ने, भन्सार कार्यालयबाट उठेको राजश्वमध्ये २५ प्रतिशत सम्बन्धित प्रदेश र २० प्रतिशत सम्बन्धित स्थानीय तहमा पठाउन पर्ने व्यवस्था गरिनुपर्ने लगायतका माग राखी आन्दोलन गर्दै आएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय