धनकुटा : नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आज महासंघमा जिल्ला उद्योग बाणिज्य संघका पाच जना अध्यक्षहरुलाई महासंघको व्याच लगाई दिई चिन्ह प्रदान गर्नु भयो ।
नेपाल उद्योग बाणिज्य महासंघको कार्यालय काठमाडौंमा एक समारोहका विच कास्की उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापती, सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, कालिकोट उद्योग बाणिज्य संघका अध्यक्ष रतन शाही र भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष रोशनी ढौबन्जारलाई नेपाल उद्योग बाणिज्य महासंघका राष्ट्रिय अध्यक्ष आदरणीय चन्द्र ढकाल महासंघको लोगो(व्याच) लगाई दिनु भई चिन्ह प्रदान गर्नु भएको हो ।
सो अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगरका उपाध्यष सुरकृष्ण बैद्य, केन्द्रिय सदस्यहरु बेद वहादुर श्रेष्ठ, मञ्जु कुमार कोजु, तारा वहादुर कार्की, उज्वल प्रसाद कसजु लगायतका केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो ।