धनकुटा : धनकुटाको विकास र समृद्धीका लागी आज धनकुटामा राष्ट्रपति रामचन्द्र पौडेलका राजनैतिक सल्लाहकार तथा पूर्वमन्त्री सुनिल वहादुर थापासंग विभिन्न क्षेत्रका व्यक्तिहरुले भेटघाट गरी छलफल गर्नु भयो ।

पूर्वमन्त्री तथा राष्ट्रपतिका राजनैतिक सल्लाहकार सुनिल वहादुर थापाले धनकुटाको विकास र समृद्धीका लागी आफु क्रियाशिल रहेको वताउदै धनकुटालाई पर्यटनको गन्तव्य वनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले आफु धनकुटाको शिक्षा, स्वास्थ्य, सडक र पूर्वाधारको विकास गर्न क्रियाशिल रहेको वताउनु भयो ।

सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका निर्वतमान अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, नेपाली कांग्रेस धनकुटाका पूर्व महासमिति सदस्य असित नारायण सिंह थापा, जिल्ला सदस्य मिन वहादुर कार्की लगायतले राष्ट्रपतिका राजनैतिक सल्लाहकार पूर्वमन्त्री सुनिल वहादुर थापालाई धनकुटाको विकास र समृद्धीका लागी पर्यटन, कृषि, शिक्षा स्वास्थ्य क्षेत्र हव धनकुटालाई बनाउनका लागी पहल गरी दिन अनुरोध गर्नु भएको थियो ।

राष्ट्रपतिका राजनैतिक सल्लाहकार तथा पूर्वमन्त्री सुनिल वहादुर थापा धनकुटा जिल्ला पाख्रिवास नगरपालिकाका विभिन्न वडाहरु र धनकुटा जिल्लाको विभिन्न पालिकाहरुमा भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय