काठमाडौं : सत्तारुढ घटक नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले बैशाख २९ गते, ११:०० बजे माइतीघर मन्डलामा “राष्ट्रियताका लागि युवा दबाब कार्यक्रम” गर्ने भएको छ ।

नेकपा (एकीकृत समाजवादी) का युवाहरुले राष्ट्रियतालाई बलियो बनाउन, जनजीवनलाई सहज बनाउन साथै भ्रष्टाचार र बेथितिको विरुद्धको कार्यक्रम रहेको युवा संघका एक नेताले जानकारी दिएका छन् ।

नेपालले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्दा भारतले अतिरन्जना गरि रहेको कारण नेपालको स्वभिमानलाई उच्च राख्नका लागि युवा दबाब कार्यक्रम गर्न लागेको युवा संघका नेता भेषराज शाहले बताएका छन्  ।

उक्त कार्यक्रममा सयौं युवाहरुले सडकमा आइ ” हाम्रो नोटमा हाम्रै देश – आन्तरिक मामिलामा नगर हस्तक्षप !” “MCC के हो ? व्याख्यात्मक टिप्पणी के भो ? ” लगायतको नारा लिएर साम्राज्यवादी र विस्तारवादीहरुको विरुद्ध आवाज घन्काउने संघका सचिब सुशील भट्टराईले जानकारी दिएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय