धनकुटा : धनकुटामा संचालन भैरहेको १६ औं संस्करणको सहिद भीम नारायण गोल्डकपको फाईनलमा आज सशस्त्र प्रहरी बलको एपिएफ क्लव प्रवेश गरेको छ । धनकुटाको टुडिखेलमा सम्पन्न भएको सेमिर्फानल खेलमा ईटहरीको राष्ट्रिय जागृति क्लबलाई टाईव्रेकरमा ३—२ गोलको अन्तरले पराजित गर्दै एपिएफ क्लव काठमण्डौ फाईनलमा प्रवेश गरेको हो ।
ट्राईवेकरमा एपिएफको तर्फबाट सुमन श्रेष्ठ, युवराज खड्का र सविन गुरुगले गोल गरेको थिए भने विश्वास उदास र दिपेश धिमालको प्रहार विपक्षी गोलकिपर विनय श्रेष्ठले रोकिदिएका थिए । यसैगरी राष्ट्रिय जागृतिको तर्फबाट उमेश राई र कुलदिप कार्कीले गोल गरेका थिए भने मिलन राई, प्रवेश दनुवार र सुमित चौधरीको प्रहार एपिएफका गोलकिपर एन्जल श्रेष्ठले रोकिदिएका थिए ।
उक्त खेलमा एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भई नगद ५ हजार ५ रुपैयाँ सहित ट्रफी हात र्पान सफल भए । उक्त नगद पुरस्कार तथा ट्रफी र माला छथर जोरपाटी गाउपालिकाका अध्यक्ष छत्र सुब्बा, संरक्षक मनोहर नारायण श्रेष्ठ र धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, आयोजक समितिका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, संयोजक शम्भु प्रधानले प्रदान गर्नु भएको थियो ।
२०७६ सालमा सम्पन्न १४ औं संरकरणमा एपिएफले उपाधी हात पारेको थियो । शुक्रबार हुने सेमिफाइन खेल आयोजक धनकुटा र विर्तामोड युनार्यटेड क्लव विच हुने भएको छ । सहिद भीमनारायण स्मृती प्रतिष्ठानको आयोजनमा सुरु भएको सहिद भीमनारायण गोल्ड कपको बिजेताले नगद ५ लाख सहित ट्रफी र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । आगामी बैशाख २९ सम्म संचालन हुने गोल्डकपमा जम्मा ८ वटा टिमको सहभागिता रहेको छ ।
२०५५ सालमा स्थापित गोल्ड कपको संस्थापक अध्यक्ष तथा संयोजक राजेश्वर वहादुर श्रेष्ठ हुनुहुन्छ । नेपाली कांग्रेसका यूवा नेता सहिद भिम नारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा प्रक्राउ गरी २०३५ सालमा तत्काालिन सरकारले गोली हानी हत्या गरी फासिको सजाय दिएको थियो । उहालाई २०७३ सालमा तत्कालीन सरकारले राष्ट्रिय सहिद घोषणा गरेको हो । सहिद भीम नारायण गोल्ड कप धनकुटा जिल्लाकै सबैभन्दा ठूलो फुटवल प्रतियोगिता हो ।