विराटनगर : नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिको तेस्रो अधिवेशन ११ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । विराटनगरमा आयोजित अधिवेशनले समावेशी सञ्चार नीतिको मागसहित ११ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै अधिवेशन सम्पन्न गरेको हो ।

मुख्यमन्त्री केदार कार्की प्रमुख आतिथ्यतामा भएको अधिवेशनको बन्दसत्रले विराटनगर घोषणापत्र जारी गर्नु अघि कोषाध्यक्ष बुद्धिबहादुर लामिछाने र महासचिव विवेक गौतमको आर्थिक र सांगाठनिक प्रतिवेदन पारित गरेको थियो ।

बन्दसत्रमा मोरङ जिल्ला शाखाको कार्यवाहक अध्यक्ष सम्वन्धि विवाद निचोडमा पुर्याउन नसकेको भन्दै केही पार्षदहरुले फरक मतसहित बन्दसत्रबाट बाहिरिएका पनि बहुमत सदस्यले सत्र सम्पन्न गरेको प्रदेश सदस्य लिला सुनुवारले जानकारी दिए ।

घोषणापत्रको पूर्ण पाठ :
नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेश्रो अधिवेशमा जारी विराटनगर घोषणा पत्र ।

१. आमसञ्चार माध्यममा आदिवासी जनजाति, मधेशी, महिला, अपांगता भएका व्यक्ति, मुस्लिम, दलित लगायतका जाति तथा समुदायको सहभागिता वृद्धि गर्न, प्रकाशन प्रसारण हुने सामग्री समावेशी बनाउन पुरस्कार, छात्रवृत्ति जस्ता क्षेत्रको सामावेशिकरण गर्न नेपालको संविधान र राष्ट्रिय आमसञ्चार नीति २०७३ को कार्यान्वयन गर्न, सामावेशी सञ्चार प्रणालीको विकास गर्न समावेशी सञ्चार ऐन जारी गर्न यो अधिवेशन माग गर्दछ ।

२. सञ्चारमाध्यमको दर्ता, वर्गीकरण, श्रमजीवि पत्रकार सम्बन्धि ऐन, विज्ञापन नीति संघीय, प्रादेशिक र स्थानीय तहको अलग अलग ऐन ल्याउन यो बन्दसत्र माग गर्दछ ।

३. श्रमजीवि पत्रकार सम्बन्धी ऐन विपरित सञ्चार माध्यमले पत्रकार निस्कासन गर्ने, पारिश्रमिक नदिने, सेवा सुविधाबाट बञ्चित गर्ने जस्ता कार्य केही सञ्चार माध्यमले गरिरहेकाले यस्तो कार्य तत्काल बन्द गर्न, ऐन अनुसारको पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन, हटाइएका पत्रकारलाई पुर्नवहाली गर्न यो बन्दशत्र माग गर्दछ ।

४. लोक कल्याणकारी विज्ञापनलाई पुनः परिभाषित गरी यसलाई बहुउपयोगी बनाउन यो अधिवेशन माग गर्दछ ।

५. अनलाइन सञ्चार माध्यममा प्रकाशन, प्रशारण भएको बिषयमा सर्वोच्च अदालतले हालै दिएको आदेश नेपालको संविधानले प्रत्याभुति गरेको पूर्ण प्रेस स्वतन्त्रताका विरुद्ध भएको ठहर गर्दै अदालतको उक्त आदेशप्रति यो बन्दसत्र आपत्ति प्रकट गर्दछ ।

६. युटुब लगायतका न्यू मिडियालाई व्यवस्थित गर्न तथा न्यू मिडियार्लाइ पत्रकारितासँग जोड्न न्यू मिडिया सम्बन्धी छुट्टै ऐनको प्रबन्ध गर्न यो अधिवेशन माग गर्दछ ।

७. स्वरोजगार मूलक सञ्चार माध्यमको संरक्षण र विकासका लागि ऐन बनाउन तीनै तहका सरकारलाई यो अधिवेशन आग्रह गर्दछ ।

८. पत्रकारको वृत्ति विकासका लागि प्रशिक्षण, प्रशिक्षण तथा तालिम बिकेन्द्रीत गर्ने, प्राज्ञिक तहमा छात्रवृत्तिको व्यवस्था गर्न र तीनै तहका सरकार मार्फत् लेखनवृत्तिको प्रबन्ध गर्न यो बन्दसत्र माग गर्दछ ।

९. कोशी प्रदेश सरकारले नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई दिदै आएको अनुदान रकम कटौती भएकाले अनुदानलाई निरन्तरता दिन यो बन्दसत्र माग गर्दछ ।

१०. नेपाल पत्रकार महासंघले संचालन गरेको शुद्धिकरण अभियानलाई शुद्धिकरण मापदण्ड, पेशागत संघसगठनका बिच भएको सहमति तथा शाखाको वस्तुगत अवस्थाका आधारमा तत्काल निश्कर्षमा पु¥याउन यो बन्दसत्र माग गर्दछ ।

११. महिला पत्रकारको पेशागत तथा भौतिक सुरक्षा, सुत्केरी विदा र सुत्केरी पत्रकारका लागि विशेष प्याकेजको प्रबन्ध गर्न पत्रकार महासंघ प्रदेश समिति तथा जिल्ला शाखालाई यो बन्दसत्र निर्देश गर्दछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय