![](https://missionnepalkhabar.com/wp-content/uploads/2024/05/Messenger_creation_544445f8-c372-422c-ab55-2b87ff9d6989.jpeg)
काठमाडौं : आम जनता पार्टी (आजपा) को काठमाडौं उपत्यका विशेष कमिटी गठन भएको छ । देवी पण्डित रेग्मी अध्यक्ष र सुनिता साह सचिव रहेको उपत्यका विशेष कमिटी एक सय सात सदस्यीय रहेको छ । कमिटीको इन्चार्जमा पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापामगर रहेका छन् ।
आजपा अध्यक्ष प्रभु साहले कमिटीमा रहेका पदाधिकारी एवं सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पार्टीको नीति, कार्यक्रम र उदेश्य अनुसार पार्टी काममा जुटन आग्रह गरेका छन् । काठमाडौंमा भएको एक भेलाबाट उपत्यका विशेष कमिटी गठन भएको आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाले जनाएका छन् ।
उपत्यका विशेष कमिटीको सदस्यहरुमा श्री ठाकुर, टाइसन लामा, विवेक साह, पंकज सिंह, पेम्बा लामा, इश्वर सुनार, शुक्रराज तामाङ, मिलन मगर, समिर मगर, रोदन लामा, प्रदिप साह, रमेश यादव, आशिष तामाङ, अभिशेक लामा, चन्द्रिकालाल साह, समिरा नासिर, मनिष साह, चन्द्रशेखर मण्डल, रेखा साह, कृष्ण जैसवाल, गौरिप्रसाद जैसवाल, अरुणकुमार साह, राजकुमार यादव, दिनेश साह रहेको कमिटी अध्यक्ष रेग्मीले जनाएकी छन् ।
यसैगरी सदस्यहरुमा जयनारायण यादव, रामकुमार महतो, रामविश्वास सिंह, जेनिशा लामा, संदिप पहरी, मानबहादुर तामाङ, लालबहादुर थामी, सूर्यबहादुर राई, नविन माझी, समिर योञजन, विक्रम तामाङ, चन्द्र मगर, विरमान तामाङ, अमर सुनुवार, भरत श्रेष्ठ, ललन बैठा, कुनाल जैसवाल, लालबाबु प्रसाद, राजकुमार साह, कमोदप्रसाद साह, सुजित कुमार, विनोद ठाकुर, सन्तोष साह, किशोरी साह, जयप्रकाश यादव, प्रदिप राम, संजय साह, राजेन्द्र साह, इन्दल साह, पनिलाल साह, दिपेन्द्र चौधरी, राजेश शर्मा, दिनेशकुमार साह, अनिल साह, लखिन्द्र साह, विरवल यादव, दिनकर साह, मोनिष बरुवाल, रेखा रिमाल, आशा श्रेष्ठ लगायतका रहेका छन् ।
यसैबीच नवनिर्वाचित उपत्यका विशेष कमिटीको बसेको बैठकले बैशाख २० गते भन्सार विभाग घेराउ तथा धर्ना कार्यक्रमलाई प्रभावकारी बनाउँने निर्णय गरेको छ । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको विशेष उपस्थितिमा कमिटीका अध्यक्ष रेग्मीको अध्यक्षतामा बसेको बैठकले भन्सार कानूनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको लुटकारी व्यवस्थाको विरुद्धमा निर्णायक आन्दोलन गर्ने र संगठन निर्माण कार्यलाई तिब्रगतिमा अगाडी बढाउँने निर्णय गरेको छ ।
भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न र भन्सार कानुनमा रहेको कथित ४ र ५ प्रतिशत पुरस्कारको लूटकारी प्रावधान हटाउन झण्डै ६ महिना देखि आजपाले निरन्तर संघर्ष गर्दै आएकोछ । देशको समृद्धि एवं सिमा क्षेत्रको जनताको भविष्यसंग जोडÞिएको यस अभियानमा सबै एकजुट भएर लाग्न अध्यक्ष साहले अपिल समेत गरेका छन् ।