धनकुटा : धनकुटाको व्यापारिक तथा पर्यटकीय स्थल हिलेको हिले खेल मैदानमा हिले फुटवल क्लवको आयोजनामा तेस्रो हिले बक्रकुण्ड गोल्ड कप आज देखी शुरु भयो ।

उक्त तेस्रो हिले बक्रकुण्ड गोल्ड कपको कोशी प्रदेशका पूर्व राज्य मन्त्री सांसद निरन राईले उद्घाटन गर्दै नेपालमा खेलकुदको ठूलो संभावना रहेको वताउनु भयो भने जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, धनकुटा नगरपालिका वडा नं. १ का वडाध्यक्ष वाङ्गदा तामाङ लगायतले खेलकुद माध्यमबाट राष्ट्रको पहिचान कायम गर्न सकिने वताउनु भयो ।

हिले फुटवल संघका अध्यक्ष राजु तामाङको अध्यक्षमा भएको उद्घाटन कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष तारा तितुङ्ग, उपाध्यक्ष खगेन्द्र विष्ट, पूर्व अध्यक्ष लाचन्द्र गोङ्वा तामाङ, पाख्रिवास नगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष सरोज राई, जिल्ला भलिवल संघ धनकुटाका अध्यक्ष गौरव कार्की, वरिष्ठ समाज सेवीहरु विर वहादुर तितुङ, सिताराम तामाङ, मदिरा तथा थोक व्यावसायि संघ धनकुटाका अध्यक्ष दिजेश शाक्य, यूवा समाजसेवी अर्जुन घले, अर्जुन छाराहाङ्ग, मनोज राई, अर्जुन शाही, धिरेन थिङ, बालानन्द दाहाल, रमेश कट्टेल, संजिव तामाङ, सिंह तितुङ, वसन्त राई, सन्तोष तितुङ, लगायतले समेत तेस्रो हिले बक्रकुण्ड गोल्ड कपलाई शुभकामना दिदै खेलाडीहरुलाई बधाई ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको संचालन संचारकर्मी मानवी तामाङले गर्नु भएको थियो ।

प्रतियोगिताको पहिलो खेलमा संखुवासभा र धरान विजयी भएका छन् । निर्धारित समयमा बराबर भएपछि धरानले तेह्रथुमलाई ट्राईवेकरमा ४— ३ गोेलको अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । यसैगरी आयोजक धनकुटा हिलेलाई संखुवासभाले पनि ट्राईवेकरमा ८—७ गोलको अन्तरले पराजित गर्दै संखुवासभा सेमिफाईनलमा प्रवेश गरेको हो ।

तेस्रो हिले बक्रकुण्ड गोल्ड कप प्रतियोगितामा मोरङ, सुनसरी, झापा, इलाम, संखुवासभा, तेह्रथुम र सप्तरी जिल्लाको सहभागीता रहेका सचिव अर्जुन शाहीले वताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय