काठमाडौं : आम जनता पार्टी (आजपा)ले जनआन्दोलन दिवसको अवसरमा काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । आउँदो २४ चैतमा आजपाले काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ । आजपाको केन्द्रीय कार्यालय काठमाडौंमा आज बसेको पदाधिकारी बैठकले काठमाडौं जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।

जनआन्दोलनको अवसरमा आजपाले लुट, भ्रष्टाचार, अनियमितता, कुशासनका बिरुद्धमा जनप्रदर्शन गर्न लागेको आजपा महासचिव त्रिभुवन साहले जनाएका छन् ।

आजपा पदाधिकारी बैठकले जनप्रदर्शनलाई व्यवस्थित गर्नका लागि विभिन्न समितिहरु समेत गठन गरेको छ । आजपा वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहको संयोजकत्वमा व्यवस्थापन समिति, उपाध्यक्ष अरुण घिसिङ, उपमहासचिव चन्द्रभुषण साह रहेको प्रचार प्रसार समिति, महासचिव त्रिभुवन साहको संयोजकत्वमा जनपरिचालन समिति गठन भएको छ ।

यस अघि आजपाले लुट, भ्रष्टाचार, अनियमितता, कुशासनका बिरुद्धमा प्रदर्शन एवं विरोधका कार्यक्रम गर्दै आएको छ । केही समय अघि भ्रष्टाचारको विरुद्धमा काठमाडौंमा प्रदर्शन गरेको आजपाले बैंक, लघुवित पीडितलाई न्याय दिनुपर्ने भन्दै मधेस बन्द समेत गरेको थियो ।

यस्तै भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत लुटकारी व्यवस्थाको विरोधमा चरणबद्ध आन्दोलन गरेको आजपाले गरिब, किसान, मजदुर तथा सर्वसधारणको अधिकारका लागि संघर्ष गर्दै आएको छ । दलिय सिण्डिकेटका विरुद्धमा आवाज उठाउँदै आएको आजपाले शासनसत्तामा आम जनताको पहुच हुनुपर्ने माग गर्दै आएको छ ।

बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिलेको व्यवस्था असफल भएकाले मुलुक समृद्ध बन्न नसकेको बताए । मुलुकलाई समृद्ध बनाउँनका लागि शासन सत्तामा आम जनताको पहुच हुनुपर्ने उनले बताए । त्यसका लागि संगठन निर्माण, गठन, भेला, बैठक लगायतका कार्यक्रम गर्दै पार्टीलाई अझै मजबुत बनाउँनुपर्ने आवश्यक्ता रहेको अध्यक्ष साहले बताए ।

लुट, भ्रष्टाचार, अनियमितता, कुशासनका बिरुद्धमा शसक्त आन्दोलन आजपाको नेतृत्वमा देशैभरी हुने बताउँदै अध्यक्ष साहले त्यसका लागि पार्टीले जागरण अभियान, संगठन निर्माण लगायतका गतिविधि गर्ने बताए । पार्टीका नेताकार्यकर्ता लुट, भ्रष्टाचार, अनियमितता, कुशासनका बिरुद्धमा शसक्त रुपमा उत्रिनुपर्ने निर्देशन समेत उनले दिए । भ्रष्टाचारीलाई जनकारवाही नगरेसम्म मुलुक नबन्ने बताउँदै उनले भ्रष्टाचारीलाई राज्यकै संरक्षण रहेकाले जनकारवाही गर्नुपर्ने बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय