काठमाडौं : रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह सम्मानित भएकी छन् । मेयर साहले आफ्नो नगरपालिकामा उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित गरिएको छ । बालिका तथा समावेशी शिक्षा तर्फ मौलापुर नगरपालिकाकी मेयर साहले गरेको योगदानको उच्च मुल्यांकन गर्दै आरम्भ परियोजनाले सम्मानित गरेको हो ।

काठमाडौंको हयात होटलमा आज आयोजित एक कार्यक्रमका बीचमा मेयर साहलाई सम्मानित गरिएको छ । विद्यालयका छात्राहरूलाई सहज रूपमा विद्यालय पहुँचको लागि साईकल वितरणको थालनी मौलापुर नगरपालिकाबाट भएको थियो ।

यसैगरी विद्यालयका छात्राहरूलाई सेनिटरी प्याड वितरणको थालनी गदै मौलापुर नगरपालिकाकी मेयर साहले गर्दै उच्च शिक्षा अन्तर्गत सिभिल तथा जिओमेटिक्स इन्जिनियरिङमा डिप्लोमा तह सम्म छात्रालाई निःशुल्क अध्ययनको समेत व्यवस्थापन गरेकी छन् ।

मौलापुर नगरपालिकाले माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई ल्यापटप वितरण, ‘हर हातमे हुनर’ कार्यक्रम अन्तरगत किशोरीहरुका लागि सिपमुलक तालिम सञ्चालन, १५ वटा विद्यालय भवन तर्फ १२५ वटा कक्षा कोठा निर्माण, सिटिइभिटीको साझेदारीमा २ वटा संकायमा डिप्लोमा तहको प्राविधिक शिक्षा संचालनमा, छोरीको विवाह खर्च अनुदान रु ३० हजार उपलब्ध गराउँने कार्य गरेकोमा त्यसैलाई मुल्यांकनको आधार बनाई मेयर साहलाई सम्मानित गरिएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय