धनकुटा : पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षा सम्बन्धि नेपाल प्रेस युनियन धनकुटाका अग्रजहरुसंग आज धनकुटामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
नेपाल प्रेस युनियनका कोशी प्रदेश सचिव बिनय वाराकोटीले धनकुटाका नेपाल प्रेस युनियनका अग्रजहरुसंग आज धनकुटामा भेटघाट गरी धनकुटाका पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको वारेमा छलफल गर्नु भएको हो ।
सो अवसरमा नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, पूर्व अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, उपाध्यक्ष विदुर खवास, सचिव हरी वहादुर लम्जेल, नेपाल प्रेस युनियनका प्रदेश कोषाध्यक्ष कविराज घिमिरे, धनकुटा अध्यक्ष बिनोद घिमिरे, पूर्व सचिव बिकास घिमिरे लगायत धनकुटाका प्रेस युनियनका सदस्यहरुले धनकुटाको पत्रकारीताको अवस्था र पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षा दिन प्रतिदिन संकटमा पर्दै गएको वताउनु भयो ।
नेपाल प्रेस युनियनका प्रदेश सचिव बिनय वाराकोटीले पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाका लागी राज्यले उचित ध्यानदिनु पर्नेमा जोड दिनु भएको थियो ।