धनकुटा : आदिवासी माझीजातिको महान चाड लदि पुजा विभिन्न कार्यक्रम गरि मनाईएको छ । बिशेष गरि माझी बस्तीहरुको आसपास बग्ने नदि किनारमा यो चाड आयोजना गर्ने गरिन्छ ।
यसरी माझीजातिको महान चाड मनाउने क्रममा धनकुटा जिल्लको महालक्ष्मी नगरपालिका स्थित लेगुवाघाट अरुण नदि किनारमा पनि लदि पुजा साथै माझीजातिको साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
अरुण भ्याल्ली माझी उत्थान समुहका अध्यक्ष अकल बहादुर माझीको संयोजकत्वामा लदि पुजा आयोजना गरिएको हो । सो कार्यक्रममा शुभकामना आदानप्रदान गर्नुका साथै उपस्थित सम्पुर्णलाई लदि पुजामा चडाईएको प्रसाद ग्रहण गराईएको थियो । कार्यक्रममा अतिथि कलाकार गौरव नारायण राईले आफ्नो प्रस्तुतिबाट उपस्थित सबैलाई मनोरञ्जन दिनु भएको थियो भने कार्यक्रममा स्थानीय कलाकारहरुले माझी जातिको कला संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्र मणि पराजुली, महालक्ष्मी नगरपालिकाका मेयर धुर्व राज राय, निवर्तमान मेयर पर्शुराम नेपाल, नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष सन्जय सन्तोषी राई, गायक गौरव नारायण राई, महालक्ष्मी नगरपालिका वडा नं. ५ का अध्यक्ष सत कुवर, वडा सदस्य तेज कुमार माझी लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
लदि पुजाकै अवसरमा महालक्ष्मी नगरपालिका अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता पनि आयोजना गरिएको थियो । सो प्रतियोगितामा वडा नं. ६ पहिलो, वडा नं. ९ दोश्रो, वडा नं. ३ तेस्रो र आयोजक टिम वडा नं. ५ ले सान्त्वना स्थान प्रप्त गरेको थियो ।