धनकुटा : धनकुटाको विकास र समृद्धीका लागी विभिन्न विकासका योजनाहरुको लागी बजेट बिनियोजन गरी दिनहुन नेपाली कांग्रेस धनकुटाको टोलीले संघीय मन्त्रीहरुसंग आज माग गरेको छ । नेपाली कांग्रेस धनकुटाको टोलीले सहरी विकास मन्त्री सिता गुरुङ्ग र यूवा तथा खेलकुद मन्त्री डिग वहादुर लिम्बु संग सम्वन्धित मन्त्रालयमा गई माग गरेको हो ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, सचिव विजय सन्तोषी राई, छथरजोरपाटी गाउपालिकाका अध्यक्ष तथा पालिका पार्टी सभापति छत्र सुब्बा, नेपाली कांग्रेसका नेता टिका भण्डारी, वडा नं. ५ का सभापति ढगल सिंह लिम्बु लगायतको टोलीले सहरी विकास मन्त्री सिता गुरुङ्ग र यूवा तथा खेलकुद मन्त्री डिग वहादुर लिम्बु संग सम्वन्धित मन्त्रालयमा गई विभिन्न योजनाहरुको लागी बजेट माग गर्नु भएको थियो ।

सहरी विकास मन्त्री सिता गुरुङ्गसंग धनकुटा जिल्लाका ७ वटै पालिकाहरुको विभिन्न योजनाहरु र यूवा तथा खेलकुद मन्त्री डिग वहादुर लिम्बु संग धनकुटा टुडिखेलको मर्मत तथा निर्माण लगायत ७ वटै पालिकाहरुमा खेल मैदान निर्माणका कभडहल निर्माण लगायतका योजनाहरुमा बजेट बिनियोजन गरी दिनका लागी अनुरोध पत्र बुझाईको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय