काठमाडौं : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले विदेशीहरु नेपालमा काम पाउने र नेपालीहरु बिदेशमा मर्नुपर्ने स्थितिको अन्त्य हुनुपर्ने सरकार संग माग गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै साहले नेपालमा नेपालीको सरकार रहेको छ की विदेशीको सरकार रहेको भन्दै प्रश्न समेत उठाए । विदेशीहरु आएर नेपाली उधोगमा काम पाउँने तर नेपालीहरु कामका लागि विदेशमा मर्नुपर्ने अवस्थाको अन्त्य कहिले हुने भन्दै उनले प्रश्न उठाएका छन् ।

‘विदेशीहरु कुन कानून अनुसार आएर नेपालमा काम गरिरहेका छन् ? नेपालीहरु किन कामकै लागि विदेशमा मर्ने, तड्पिने, भौतारिने गरेका छन ? नेपालमा नेपालीले किन रोजगार पाउँन सकिरहेका छैनन् ?’ साहले प्रश्न गरे, ‘नेपालीहरुको मौलिक हकअधिकार सुरक्षित किन हुन सकिरहेको छैन ? मौलिक हकअधिकार सुरक्षित गर्न नसक्नेहरु कुर्सीमा टासिएर बस्न मिल्छ ? विदेशबाट युवाहरुलाई नेपाल फर्काउने भन्नेहरु आजभोली कहाँ हराएका छन् ?’

बिभिन्न ठुला दलका झोले ट्रेड युनियनहरु किन यस्तो बिषयमा बोल्दैनन भन्दै उनले आक्रोश व्यक्त गरे । मजदुरको हकहितका लागि भन्दै खोलिएका ट्रेड युनियनहरु मौन बस्नु र दलका नेताहरुको झोला बोकेर मात्रै हिडेर नहुने बताउँदै रोजगारको बारेमा बोल्नुपर्ने उनले बताए ।

नेपाली उधोगमा नेपालीलाई नै रोजगार दिनुपर्ने बताउँदै उनले विदेशी कामदारलाई हटाउँन सरकारसंग माग गरेका छन् । अध्यक्ष साहले नेपाली उधोगमा काम गर्ने पहिलो अधिकार नेपालीकै भएको बताए । नेपाली कामदार हुदाहुदै पनि उधोगहरुले विदेशी कामदारलाई प्राथमिकता दिएको बताउँदै उनले विदेशी कामदारलाई हटाएर नेपाली कामदारलाई रोजगार दिनुपर्ने बताए ।

‘नेपालको उधोगमा काम गर्ने पहिलो अधिकारी नेपाली कामदारकै हो । नेपाली कामदारले नेपालको उधोगधन्दामा काम गर्न पाउँनुपर्छ । तर यहाँ कतिपय उधोगले विदेशी कामदारलाई प्राथमिकता दिने, विदेशी कामदारलाई रोजगार दिने तर नेपाली कामदारलाई रोजगार नदिने मनोमानी काम भईरहेको छ’ आजपा अध्यक्ष साहले भने, ‘नेपालको उधोगमा नेपाली कामदारले नै पहिलो प्राथमिकता अनुसार काम पाउँनुका साथै सामाजिक सुरक्षा, न्यूनतम तलब कार्यान्वयन हुनुपर्छ ।’

नेपालका उधोगमा विदेशी कामदारले काम पाउँने तर नेपाली कामदारले रोजगार नपाउनु दुख रहेको बताउँदै उनले यस्तो अवस्थामा यहाँका टे«ड युनियनका ठेकेदारले किन आवाज उठाउँदैनन् ? सरकार किन यस बिषयमा मौन छ ? भन्ने प्रश्न समेत गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय