धनकुटा : नेपाली कांग्रेस धनकुटाको टोलीले आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धनकुटामा रहेका सरकारी कार्यालयहरु कतै पनि नसार्ने धनकुटामानै राख्ने वताउनु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा नेपाली कांग्रेस धनकुटाको टोलीले धनकुटामा रहेको सरकारी कार्यालय विराटनगर लगायत अन्यत्र नर्सानका लागी मुख्यमन्त्री केदार कार्कीलाई ज्ञापनपत्र बुझाउदै आग्रह गरेपछि मुख्यमन्त्री कार्कीले धनकुटामा रहेका कुनै पनि सरकारी कार्यालयहरु अन्यन्त्र सार्ने योजना नरहेको वताउदै धनकुटामा रहेको कार्यालयहरु नसार्ने समेत प्रतिवद्धता जनाउनु भएको हो ।

धनकुटाबाट केही कार्यालयहरु अन्य जिल्लामा सार्ने तयारी भैरहेको भन्ने चर्चा चलिरहेको भन्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, नेपाली कांग्रेस नेता तथा पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ्ग, नेपाली कांग्रेसका नेता तथा छथरजोरपाटी गाउपालिकाका अध्यक्ष छत्र सुब्बा, नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले धनकुटामा रहेका कुनै पनि कार्यालयहरु अन्यत्र नसार्न माग गर्दै ज्ञापन पत्र बुभाउनु भएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धनकुटाबाट प्रदेश अन्तर्गतका कुनै पनी कार्यालयहरु अन्यत्र सार्ने योजना नभएको र धनकुटाको कुनै पनि कार्यालय अन्यत्र नसार्ने तपाईहरु ढुक्क रहनु होस भनेर मुख्यमन्त्री कार्कीले भन्नु भएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाका टोलीसंग मुख्यमन्त्री कार्कीले कुरा गर्दै धनकुटाको विकास र समृद्धीका लागी प्रदेश सरकारले विशेष योजनाहरु ल्याउनु र धनकुटाका रहेको मुख्य मन्त्रीको सम्पर्क कार्यालयमा कम्तीमा पनि महिनाको एक पटक प्रदेश मन्त्रि परिषदको बैठक वस्ने र अब चाडैं पहिलो बैठक वस्ने समेत मुख्यमन्त्री कार्कीले वताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय