धनकुटा : धनकुटाको पाख्रीवास नगरपालिका वडा नं. ८ नाभाङ्गे स्थित महेन्द्र आधारभुत विद्यालयलाई धनकुटा काठमाडौं साँस्कृतीक समाजले संगीतका विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नर वहादुर राईको अध्यक्षता तथा वडा नं. ८ वडाध्यक्ष गजेन्द्र राईको प्रमुख आतिथ्यमा सञ्चालित एक कार्यक्रमको बीच समाजले ड्रमसेट, पियानिका, माईक्रोफोन, साउण्ड सिस्टम लगायतका सामग्री प्रदान गरेको हो ।
कार्यक्रमका विशेष अथिती धनकुटा काठमाडौं साँस्कृतीक समाजका अध्यक्ष कर्ण बहादुर राईले संगित प्रति विद्यार्थीहरुको रुची र चासोलाई ध्यान दिदै विद्यालयलाई ती सामग्री प्रदान गरिएको बताउनु भयो । यसले सांगितिक क्षेत्रमा चासो राख्ने प्रतिभावान विद्यार्थीहरुको प्रतिभा उजागर गर्न सघाउ पुर्याउने, विद्यार्थीहरुलाई संस्कृती र संगीतसँग जोड्ने उहाँले वताउनु भयो ।
कार्यक्रममा धनकुटा काठमाडौं साँस्कृतिक समाजका केन्द्रीय सदस्य गायक गौरव नारायण राईले संगीतलाई मनोरञ्जनको रूपमा मात्र होइन शिक्षाको रूपमा पनि सुन्ने, लेख्ने र गाउने बानीको विकास गरौं भन्दै आफ्नै स्वादेश गान “झुकाएर झुक्दैन हाम्रो स्वाभिमानलाई, फुटाएर फुट्दैन हाम्रो एकतालाई, बाँचुन्जेल सेवा गरौं नेपालकै माटोलाई ” गीत गाएर विद्यार्थी अनि अभिभावकहरुलाई मनोरञ्जन दिनु भएको थियो ।
कार्यक्रममा सोही बिद्यालयका प्रधानाध्यापक वकिल देवान, जलकन्या प्रा. विका प्रधानाध्यापक विष्णु प्रसाद राई, वडा सदस्यहरु गंगादेव राई, हेम गिरी, पाख्रीवास नगर संयोजक चकेन्द्र राई लगायतको उपस्थिती रहेको थियो ।