धनकुटा : नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभाका उम्मेदवार कृष्ण प्रसाद सिटौलाले धनकुटाको हिलेमा आयोजित भेटघाट कार्यक्रममा मुलुकमा अहिले राजनैतिक दलहरुविचमा सहमती र सहकार्यको आवश्यक रहेको वताउनु भयो । उहाँले मुलुकको ठूला ठूला राजनैतिक समस्याहरु सहमती र सहकार्यबाटै समाधान गर्दै आएको वताउनु हुदै अहिले संविधानको कार्यन्वयन गर्न पनि सहमती र सहकार्य आवश्यक रहेको वताउनु भयो ।
कार्यत्रमा नेकपा माआोवादी केन्द्रका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभाका उम्मेदवारा चम्पादेवी कार्कीले राष्ट्र निर्माणमा सबै एक भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश सांसद दुर्गा चापागाई, तेह्रथुम जिल्ला लाली गुराँस नगरपालिकाका मेयर अर्जुन मावुहाङ्ग, धनकुटा जिल्ला पाख्रिवास नगरपालिाकाका मेयर ज्ञान वहाुदर गुरुङ्ग, संखुवासभा जिल्ला पाचखपन नगरपालिका मेयर दिपिन राई लगायतले जनतालाई केन्द्र विन्दु बनाएर विकास गर्नु पर्ने बताउदै द्धय उम्मेदवाहरुलाई शुभकामना दिनु भएको थियो
कार्यक्रमा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले स्वागत मन्तव्य र नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष कुसुम कुमारी श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा तेह्रथुम फेदाक गाउपालिकाका अध्यक्ष केशव भेटौलाले तेह्रथुम ढाकाको टोपी लगाई दिई नेता सिटौलालाई र ढाकाको दोसल्ला ओढाएर नेता कार्कीलाई सम्मान गर्नु भएको थियो ।
धनकुटा, तेह्रथुम, संखुवासभा जिल्लाका विभिन्न पालिकाहरुबाट निर्वाचित लोकतान्त्रिक बाम गठबन्धनको (सत्ता गठबन्धन)का प्रमुख तथा उपप्रमुखरु र प्रदेश सांसदहरुको सहभागीता रहेको उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रातिज ढुंगाना, पुर्व राज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता दिपक खड्का लगायतका नेताहरुको सभागीता रहेको र आगामी हुन गैरहेको राष्ट्रिय सभाको निर्वाचनका लागी राष्ट्रिय सभाका उम्मेदवाहरु सिटौला र कार्कीले पालिका प्रमुख र उप्रमुखहरु र प्रदेश सांसदहरुसंग मत (भोट)समेत माग्नु भएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले बताउनु भयो ।