रौतहट : रौतहटको मौलापुर नगरपालिकाले ‘फ्रि विजुली र फ्रि पानी’ कार्यक्रम अन्तर्गत आज नगरवासीको घरेलु तथा कृषि सिंचाई मिटरको सम्पूर्ण शुल्क बुझाएको छ ।

मौलापुर नगरपालिकाकी मेयर रिना साहले यो आर्थिक बर्षको हालसम्मको २ करोड ६६ लाखको चेक नेपाल विधुत प्राधिकरण मौलापुर शाखाका प्रमुख दिनेश यादवलाई बुझाएकी हुन् ।

मेयर रिना साह, उपमेयर नागेन्द्र यादव, वडा अध्यक्ष लगायतका सहभागितामा सो रकमको चेक बुझाएकी हुन् । मेयर साहको पहलमा भएको यस्तो कामले नगरवासी खुशी हुनुका साथै उनको अहिले चौतर्फी चर्चा गरिरहेका छन् ।

स्थानीय ठागा दासले मेयर रिना साहको यस लोकप्रिय एवं जनपक्षिय काम सबैकालागि राम्रो भएको बताए । ‘मेयर रिना साह ज्यूको पहलमा पहलमा झण्डै चार वर्ष देखि शुरू भएको यो कार्यक्रमले आम जनतामा ठुल्लो राहत एवं उत्साह प्रदान गरेको छ’ दासले भने ।

मेयर साहको कामले नगरवासी खुशी रहेका छन् । फ्रि विजुली, फ्रि पानी मात्रै नभई मौलापुरको शिक्षा, स्वास्थ्य, यातायात लगायत विकासका कामले छिमेकी पालिकाका साथै मधेसभरी मेयर साहको अहिले चर्चा भईरहेको छ ।

‘यस लोकप्रिय एवं जनपक्षिय कामहरुको जति बखान गरेपनि सायद कम नै हुन्छ होला ! एक पछि अर्को सराहनीय कामहरू गरेर आम जनताको मनमुटुमा बस्न सफल मौलापुरको नेतृत्व एवं नगरपालिका परिवारप्रति हार्दिक आभार व्यक्त गर्छु । साथै यस्तै राम्रो काम अझै भईराखोस भन्ने हाम्रो चाहना आउँने दिनमा पनि मेयर साहेवले पुरा गर्दै जानुहुन्छ भन्ने हामीलाई विश्वास छ’ खुशी हुदै दासले भने ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय